नागरिक उन्मुक्ति समानुपातिक सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति समानुपातिक सांसद गिरी पदमुक्त

धनगढी ।  नागरिक उन्मक्ति पार्टीकी सुदुरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीले सभासद पद गुमाएकी छिन् । नागरिक उन्मुक्ति पार्टीको आग्रहमा सभामुख भीम भण्डारीले सोमबार गिरीलाई प्रदेश सभा सदस्यबाट हटाएका हुन् ।

सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना सोमबार टाँसेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले गिरीलाई  प्रदेश सभा सदस्यबाट हटाउन  केही दिन अघि सभामुखलाई पत्र लेखेकी थिइन् ।

गिरी नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद हुन् । पार्टी अध्यक्ष रन्जिता श्रेष्टको संघीय सत्ता गठबन्धनसँग पार्टीले  गठबन्धन गर्नु पर्ने लाइन बिपरित प्रदेश सभा सदस्य गिरी सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग सहकार्य  गरेर अघि जानु पर्ने पक्षमा थिइन् । उनी  केही दिनका लागि सुदुरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेकी थिइन् ।