कैलालीमा लागु औषध सहित चार जना पक्राउ

धनगढी ।   प्रहरीले कैलालीमा लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ ।  कैलालीको  धनगढीबाट तीन जना र घोडाघोडी नगरपालिकाबाट एक जनालाई लागु औषध सहित  सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ८ बुद्धचोक स्थित जन आवाज नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागु औषध ( खैरो हेरोईन ) सहित कैलारी गाउँपालिका ८ बस्ने २४ वर्षीय सन्जु चौधरी सहित तीन जनालाई  सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहोराका अनुसार चामलको बोरा भित्र लुकाई राखेको लागु औषध  सहित तीनै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै घोडाघोडी नगरपालिका १० आमखैया जंगल स्थित १०० मिलिग्राम खैरो हेरोईन सहित गौरीगंगा नगरपालिका ९ शंकरपुर बस्ने २८ वर्षीय अनिल बहादुर भुललाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ । भुललाई ईलाका प्रहरी सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।