उदयदेव सहकारीद्धारा  चामलको ब्राण्डिङ – उदयदेव चामल

उदयदेव सहकारीद्धारा  चामलको ब्राण्डिङ –   उदयदेव चामल

धनगढी । उदयदेव बहुउदेश्यीय सहकारीले  उदयदेव ब्राण्डमै चामल बजारमा ल्याएको छ । किसानलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ काम गरिरहेको उदयदेव सहकारीले किसानले  उत्पादन गरेको चामल किनेर ‘उदयदेव चामल’  बजारमा ल्याएको हो ।

हामी (उदयदेव सहकारी)  लामो प्रयासपछि आफ्नै ब्राण्डमा चामल बजारमा ल्याउन सफल भएका छौं ।” उदयदेव सहकारीका महाप्रवन्धक गणेश चन्दले भने  “ अब  किसानलाई उत्पादनसँग जोडेर लैजाने कामको शुरुआत भएको छ ।”

 उदयदेव   सहकारीले महेन्द्रनगरमा सोमबार औपचारिक कार्यक्रमका बीच उदयदेव चामलको बिक्री शुरु गरेको छ । अहिले महेन्द्रनगरस्थित उदयदेव सहकारीको बिक्री स्थलबाट चामल खरिद गर्न सकिनेछ ।

 उदयदेव चामल मध्यम खालको छ । किसानबाट किनेको चामललाई आफ्नै मिलबाट प्रोसेसिङ गरेर बजारमा ल्याइएको हो ।  मध्यम खालको चामलको बजार मुल्य प्रति किलो ६० रुपैया रहेको भए पनि उदयदेव चामल प्रति किलो ५३ रुपैयामा पाइनेछ ।  नाफा कमाउने उदेश्य नभएकोले चामलको  मुल्य बजारको भन्दा सस्तो राखिएको पहाप्रवन्धक चन्दले बताए ।

 उदयदेवले सामाजिक  जिम्मेवारीका हिसाबले  आफ्नै ब्राण्डमा चामल  बजारमा ल्याएको हो । चन्दले भने  “नाफा नकमाउने र सँचालन खर्च मात्र उठाउने हिसबले चामलको मुल्य कायम गरिएको छ ।”

 उदयदेवले यस बर्ष करिब ६० लाख रुपैयाको चामल किसानहरुबाट खरिद गरेको  थियो । सरकारले तोकेको न्युनमत मुल्यमा नै उदयदेवले चामल खरिद गरेको थियो ।

उदयदेवले आफ्नो ब्राण्डको चामल आफ्नै कार्यालयबाट बिक्री गर्ने छ । शुरुमा महेन्द्रनगर स्थित सहकारीको कार्यालयबाट बिक्री गरिनेछ । बिस्तारै सबै सेवा केन्द्रबाट चामल बिक्री गरिनेछ ।

उदयदेव सहकारीले  शेयर सदस्य किसानहरुले  धाम उत्पादनका लागि आवश्यक प्राविधिक, आर्थिक र  औजारको सहयोग गर्दै आएको छ । खेती गर्नका लागि आवश्यक ऋण सहुलिय दरमा दिने, प्राविधिक ज्ञानका लागि जेटिएहरुको सेवा उपलव्ध गराउने र सहुलियथ दरमा कृषि औजार उपयोगगर्न दिने गरेको छ ।

महेन्द्रनगरमा   केन्द्रिय कार्यालय रहेको उदयदेव सहकारी सुदुरपश्चिमका अधिकांश जिल्लामा सेवा प्रदान गरिरहेको छ ।