रन्जिताले कारवाही थालेपछि रेशमले धनगढी पुगेर शुरु गरे छलफल

रन्जिताले कारवाही थालेपछि रेशमले धनगढी पुगेर शुरु गरे छलफल

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशमा  गर्नेलसमर्थनका बारेमा पार्टीमा विवाद भैरहेको बेला सो पार्टीका संरक्षक रेशम चौधरी आए। छलफल शुरु गरेका छन् । संरक्षक रेशमले बुधबार बिहानदेखि नै प्रदेश सभा सदस्यहरुसँग छलफल शुरु गरेका छन् ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सासद इन्दिरा गिरीलाई पदमुक्त गरेको लगत्तै सरक्षक रेशमले धनगढी पुगेर छलफल शुरु गरेका हुन् ।  अध्यक्ष रन्जिताले संसदिय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई संसदिय दलको नेता बनाइएको पत्र सभामुखलाई समेत पठाएकी छन् ।

प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा सांसदहरुबीच छलफल भएको  हो ।

छलफलमा इन्दिरा गिरी सहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् । छलफलमा उन्मुक्तिको लुम्बिीनी प्रदेश संसदिय दलका नेता धर्म चौधरी पनि सहभागी छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भएको हो ।

नाउपाका एक नेता सुदूरपश्चिम प्रदेश सरकारको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताएका छन् ।