झुलाघाट नाका तीन दिन बन्द हुने

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी ।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका तीन नि बन्द हुने भएको छ । भारतको लोकसभाको निर्वाचन हुने भएकोले सीमा नाका बैशाख ४ गतेदेखि बन्द हुन लागेको बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार झुलाघाट नाका  वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म बन्द रहने छ । भारतको उत्तराखण्ड राज्यमा  वैशाख ७ गते (अप्रिल १९ तारिख ) मा लोकसभाको निर्वाचन हुदैछ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।