एकीकृत समाजवादीद्धारा उन्मुक्तिका  लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता

एकीकृत समाजवादीद्धारा उन्मुक्तिका  लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदुरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्तिका  लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन नेकपा एकीकृत समाजवादील्े फिर्ता लिएको छ ।

नेकपा एसलाई मुख्यमन्त्री दिने संघीय सत्ता गठबन्धनमा सहमति भएपछि लक्ष्मण किशोरलाई दिएको समर्थन सो पार्टीको संसदिय दलले फिर्ता लिएको हो ।

लक्ष्मण किशोर लाई दिएको समर्थन फिर्ता लिएको पत्र समाजवादीको संसदिय दलका नेता  दीर्घ सोडारीले प्रदेश प्रमुखलाई बुझाएका हुन् ।

बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेश गरेका थिए ।