बर्दियामा फाइबर काटिएपछि सुदुरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित

बर्दियामा फाइबर काटिएपछि सुदुरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित

धनगढी । बुधबार दिउसोदेखि सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन् ।

बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले  सेवा प्रभावित भएको नेपाल टेलिकम सुदूरपश्चिम निदेशनालयले  जनाएको छ ।

बर्दियाको भुरिगाउँमा फाइबर काटिएकोले सेवा प्रभावित भएको र  फाइबर बनाउन   प्राविधिक टोली गइसकेको टेलिकमको प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टले बताए ।

नेपाल टेलिकमको प्राविधिक समूह भुरिगाउँमा रहे पनि फाइबर काटिएको ठाउँ पुगिसकेको छैन । भट्टले सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि नखुलेको बताए ।