सुदुरपश्चिमको मुख्यमन्त्रीमा दिर्घ सोडारी नियुक्त

सुदुरपश्चिमको मुख्यमन्त्रीमा दिर्घ सोडारी नियुक्त
मुख्यमन्त्री दिर्घ बहाुदुर सोडारी

धनगढी । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा  दिर्घ बहाुदुर सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख निरज मियाले नेकपा एकीकृत समाजवादीका संसदिय दलका नेता सोडारीलाई १६८(२ ) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा आज नै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी पेश गरेका थिए ।

सत्ता गठबन्धनमा नेकपा एसलाई मुख्यमन्त्री सहमति भए पनि   सोडारीको नाममा असहमति राखेको एमालेले अीनतम समयमा समर्थन जनाएपछि सोडारीले अन्तिम समयमा  मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न आज (बिहीवर) साझ ५ बजेसम्मको समय दिएका थिए ।