गौरीगंगा नगरपालिकाद्वारा लिक्मा नदी तटबन्धमा आर्थिक अनियमितता

धनगढी

कैलालीको गौरीगंगा नगरपालिकाकाले लिक्मा नदी नियन्त्रणका लागि बनाएको तटबन्धमा स्वीकृत दररेट फरक पारी लागत भन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको

लिक्मा नदी नियन्त्रणका लागि बनाएको तटबन्धमा स्वीकृत दररेट फरक पारी २१ लाख २७ हजार रुपैया बढी भुक्तानी दिइएको उपभोक्ता समिति मार्फत गरिएको सो कामका लागि नगरपालिकाले ५६ लाख ७८ हजार भुक्तानी दिएको उपभोक्ता संगंको काममा सम्झौता भएको कामको स्वीकृत दररेटमा भेरिएसन गर्न नपाइने नियम बिपरित नगरपालिकाले दररेट परिवर्तन गरी उपभोक्ता समितिलाई २१ लाख २७ हजार रुपैया भुक्तानी दिएको हो

तटबन्धका लागि ग्याबिन तारजालीमा ढुंङ्गा भर्दा बिभिन्न साइजका जाली भन्दै दररेट फरक पारिएको उपभोक्ता समिति संग काम गर्दा मुल्य अभिबृद्धि कर, ओभरहेड श्रमदानको अंश कट्टी गरेर मात्र भुक्तानी गर्नपर्नेमा त्यसो नगरएिको बढी भुक्तानी गरिएको २१ लाख २७ हजार रकम असुल गर्नपर्ने महालेखापरीक्षकको कार्यालयको ५७औं बार्षिक प्रतिवेदनमा उल्लेख