धनगढी पोष्ट
सोमबार, ०५ असोज २०७७ मा प्रकाशित
भारतको महाराष्ट्र स्थित भिवण्डीमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका छन् । यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन् ।
भत्केको भवन भित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ। अहिले उद्धारको काम जारी रहेको छ ।