धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

भारतीय व्यवसायी झुलाघाटमा अनसन बसे

भारतीय व्यवसायी झुलाघाटमा अनसन बसे

धनगढी

 सीमा नाका सुचारु गर्नुपर्ने माग गर्दै भारतीय व्यवसायीले झुलाघाट नजिकै अनसुन सुरु गरेका छन् ।

 नेपाली ग्राहक रहेका सीमा क्षत्रका भरातीय व्यवसायीले सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय बन्द भएको सीमा तत्काल सुचार गर्नुपर्ने माग राख्दै अनसन बसेका हुन् ।

 नेपाली मिति अनुसार भारतले चैत ८ गते देखी अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय संगै झुलाघाट नाका पनि बन्द भएको थियो । झुलाघाटका व्यवसायीले असोज ९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई सीमा नाका सुचारु गर्न धार्चुला प्रशासन मार्फत ज्ञापनपत्र पठाएका थिए ।

 नेपाली ग्राहकको भरमा चलेको झुलाघाट बजार नाका बन्द भएपछि सुनसान छ । कोरोना कहरका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प रहेको भन्दै आर्थिक प्याकेजको घोषणाा गर्नुपर्ने, बैंक ब्याज मिनाहा गर्नुपर्ने, पानी र बिजुलीको बिल मिनाहा गर्नुपर्ने अनशनरत उनीहरुको माग छ ।

 भारतले देशभर लकडाउन खुला गरेको भए पनि सीमापुल नखुल्दा आफ्नो रोजीरोटी खोसिएको व्यापारीहरुको भनाइ छ ।