धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

अमेरिकाको एल्मष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा शाही नियुक्ति

अमेरिकाको एल्मष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा शाही नियुक्ति

अमेरिकाको न्युर्योक रहेको सबैभन्दा पुरानो सामुदायिक अस्पताल एल्मष्टको एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा त्यहाँ बसोबास गर्दै आएका आएका समाजसेवी मिलन शाही नियुक्ति भएका छन्  अस्पतालले लिएको अन्तर्वातामा उत्तीर्ण भएपछि उनले सो अवसर प्राप्त गरेका हुन्

 न्युर्योकको एल्मष्टमा नेपाली,  बैगाली,  पाकिस्तानी,  भारतीय,  चाईनिज  तथा  ईस्पाईनिस  समुदायका मानिसहरुको स्वास्थ्य सेवा सरल अनि शुलभ होस भन्नका लागि अस्पतालको सो बोर्डमा ति देशका मानिसहरुलाई योग्यता अनुभवका आधारमा नियुक्ति गरिन्छ। यो ठाउँमा हाल बसोबास गर्ने नेपालीको संख्या १५ हजार रहेको अनुमान छ।

 यसैबीच अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नियुक्त भएका समाजसेवी शाहीलाई ज्याक्सन हाईटमा आयोजित समारोहमा सामाजसेवी विमला हमाल श्रेष्टले सम्मान गरिन् सो अवसरमा बोल्ने वक्ताहरुले शाहीले अमेरिकामा पुर्याएको योगदानकोबारेमा चर्चा गरेका थिए

 शाही अमेरिका ठकुरी समाजका अध्यक्ष समेत हुन् सम्मान समारोहमा जनसम्पर्क समितिको केन्द्रीय सदस्य गौतम ढकाल, स्याङ्जा समाजका अध्यक्ष विरेन्द्र केसी,  समाजसेवी शोभाकान्त पान्डे, संग्राम सिंह हमाल,  वरिष्ट समाजसेवी श्यामकाजी  गुरुङ लगातका बक्ताहरुले धारणा राखेका थिए