धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

पाकिस्तान सरकारले नियन्त्रणमा लियो भारीय अभिनेताहरु दिलिपकुमार  र राजकपुरको पैतृक घर

दुई कलाकारको अहिले बन्द रहेको घरलाई संरक्षण गरेर त्यसमा संग्रहालय बनाइने छ जहाँ उनीहरुका अलावा एक अन्य प्रमुख बलिउड अभिनेता शाहरुख खानसँग सम्बन्धित बस्तुको पनि संरक्षण गरिनेछ ।

पाकिस्तान सरकारले नियन्त्रणमा लियो भारीय अभिनेताहरु दिलिपकुमार  र राजकपुरको पैतृक घर

भारत । पाकिस्तान सरकारले पेशावरमा रहेको भारतीय अभिनेताहरु दिलीप कुमार र राज कपूरको पैतृक घरलाई आफ्नो नियन्त्रणमा लिएका छ। नियन्त्रणमा लिइएका ति घरलाई वास्तविक रुपमा संरक्षण गरिने पाकिस्तान सरकारको भनाइ छ ।

हिन्दी फिल्मका यी दुई चर्चित हस्तीको जन्म पाकिस्तानको पेशावरको तिनै हवेलीमा भएको थियो ।

पाकिस्तानी पुरातत्व र संग्रहालय विभागका निर्देशक डा अब्दुल समदका अनुसार पेशावरको उपयुक्तले ती हबेलीहरु पुरातत्व विभागलाई सुम्पिएसँगै त्यसलाई नियन्त्रणमा लिएर सिल गरिएको छ ।

अधिकारीहरुका अनुसार अब ती भवनहरुको जीर्णाेद्धारको काम शुरु हुनेछ । त्यसका लागि यसको अनुमानित लागत निकालिने बीबीसी हिन्दीको एक समाचारमा उल्लेख गरिएको छ ।

यी दुई कलाकारको अहिले बन्द रहेको घरलाई संरक्षण गरेर त्यसमा संग्रहालय बनाइने छ जहाँ उनीहरुका अलावा एक अन्य प्रमुख बलिउड अभिनेता शाहरुख खानसँग सम्बन्धित बस्तुको पनि संरक्षण गरिनेछ ।

विभागका अनुसार यसबाट सांस्कृतिक पर्यटनमा वृद्धि हुनेछ । 

दिलीप कुमारको घर पेशावरको चर्चित र ऐतिहासिक किस्सा ख्वानी बजारको मोहल्ला खुदादामा छ । दिलीप कुमारको नामबाट चर्चित मोहम्मद यूसुफ खानको जन्म ११ डिसेम्बर १८९२ मा सोही घरमा भएको थियो । उनी १९३० मा आफ्नो परिवारका साथ मुम्बई गएका थिए।

१९८८ मा जब दिलीप कुमार पाकिस्तान गए, तव उनले पेशावरको पनि भ्रमण गरेको थिए । त्यहाँ गएको बेलामा उनी घर गएका थिए र ढोकालाई चुम्मन गर्दै आफ्नो बाल्यकालका यादहरुबारे मानिसहरुसँग भलाकुसारी गरेका थिए ।