धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा चार नेपालीको मृत्यु भएको छ। रुद्रप्रयागको फाटा क्षेत्रमा पहिरो जाँदा चार जना नेपालीको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, कृष्णा परिहर र चिकु बुरा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारका अनुसार बिहीबार राति १:३७ बजे गएको पहिरोमा उनीहरू पुरिएका थिए।

पहिरोका कारण ब्यापक ट्राफिक जाम भएको र बेलैमा उद्दार हुन नसकेको बताइएको छ। 

ती अधिकारीका अनुसार भारी वर्षाका कारण पहिरो हटाउन जेसिभी पनि लैजान सकिएको थिएन। उनीहरूको शव त्यहाँस्थित जिल्ला प्रहरीलाई हस्तान्तरण गरिएको छ।