बिश्वमा एकै दिन सबैभन्दा बढी संक्रमित थपिने देशमा भारत

काठमाडौ

 भारतमा आइतबार एकै दिन अहिले सम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 आइतबार भारतमा ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भयो । यो संख्या भारतमा मात्रै नभएर विश्वको कुनै पनि देशमा एकै दिन पुष्टि भएको अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

 यसअघि अमेरिकामा गएको जुलाई १९ मा ७७ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो । भारतले आइतबार सो आँकडा पार गरेको  हो ।

 भारत सरकारले संक्रमण नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धहरु हटाउने क्रम जारी राखेका बेला संक्रमितको संख्याले नयाँ उचाई लिएको हो । भारतमा कुल संक्रमितको संख्या ३५ लाख ४२ हजार भन्दा बढी रहेको छ । अहिलेसम्म भारतमा ६३ हजार पाँच सयको कोभिड१९ बाट ज्यान गएको छ ।