भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ

   भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ दिल्ली स्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन् ।

 आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

 पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उनको फोक्सोमा संक्रमण भएको   थियो ।

 अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।