पोष्ट कोभिड भनेको कोभिड हैन, तर  चिकित्सकको सल्लाह लिनुपर्छ । : डा. जोशी

पोष्ट कोभिड भनेको कोभिड हैन, तर  चिकित्सकको सल्लाह लिनुपर्छ । : डा. जोशी
डा. हितेश जोशी फिजिसियन निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. धनगढी

कोभिड कोरोना भाइरसको कारणले हुन्छ कोरोना भाइरस पहिले पनि थियो तर अहिले नोबल कोरोना भाइरसले छातीमा बढी क्षति पुरयाइरहेको यसलाई नोबल कोरोना भाइरस भनिन्छ

एक पटक कोरोना भाइरसको इन्फेक्सन भएर ठीक भैसकेपछि शरीरमा हुने शारिरीक मानसिक समस्यालाई पोष्ट कोभिड सिम्टोम्स भनिन्छ अर्थात कोभिड संक्रमण निको भैसकेपछि देखा पर्ने समस्या पोष्ट कोभिड हो मैले अध्ययन नै गर्न पाएको छैन, तर  कोभिड लागेका धेरै व्यक्तिहरुमा पोष्ट कोभिडका लक्षणहरु भेटेको छु   अहिले फलोअपमा आउने धेरै व्यक्तिहरु पोष्ट कोभिडका लक्षणहरु  लिएर आउनु हुन्छ जुन व्यक्तिहरुमा कोभिड १९ को बढी प्रभाव भयो, न्युमोनिया नै भयो, ती व्यक्तिहरुमा पोष्ट कोभिड बढी भएको देखेको छुँ

 कोभिडले सबै व्यक्तिहरुमा गाह्रो पारेको छैन कतिपय व्यक्तिहरुमा कोभिड संक्रमण भएर पनि लक्षण बिहीन भएका छन्, थोरै मान्छेमा मात्र रुघाखोकी ज्वरो मात्र आएर ठीक भएको ती मध्य थोरैलाई मात्र निमोनिया भएको निमोनिया भएका मध्य पनि थोरैको मात्र ज्यान जोखिममा गएको

मेरो अनुभवमा कोभिड निमोनिया भएका व्यक्तिहरुमा श्वासप्रश्वासमा असहज हुने समस्या देखिने गरेको  निमोनिया भएको हो, ठीक भैसक्यो, अब सामान्य अवस्था हुनु पर्ने हो भन्ने अनुमान धेरै जसोको हुन्छ   तर कोभिड १९ निमोनिया भएका व्यक्तिहरुको छातीको  सबै दाग हराउनको लागि करिब तीन महिना लाग्न सक्छ यो तीन महिनाको बीचको समयमा मान्छेहरु श्वास फेर्न अप्ठेरो भएर, कमजोरी भएर आउने गरेका छन् यसबाहेक आत्तिने समस्या, घबराहटको समस्या देखिन्छ खासगरि परिवारमा ठुला दुर्घटना भएका व्यक्तिहरुमा यस्ता समस्या देखा परेका छन्   

यसबाहेक अरु व्यक्तिहरुमा मुटुको चाप बढ्ने गरेको शुरुको बेलामा   स्वाद गन्ध  हराएका व्यक्तिहरुमा अझै पुर्ण रुपमा स्वाद गन्ध  नफर्किएको पनि देखिन्छ केही व्यक्तिहरुमा पोष्ट कोभिडमा सुगरको मात्रा अत्यधिक बढेको   यो  एक संक्रमण आफैले दोश्रो औषधीले पनि हो कोभिडको लागि जुन औषधी प्रयोग हुन्छ, त्यसले पनि सुगरको मात्रा बढाएको देखिन्छ कहिल्यै सुगर नभएका व्यक्तिहरुमा ठुलो मात्रामा सुगर देखिएपछि आत्तिने गरेको पनि देखिन्छ  

 पोष्ट कोभिड भनेको अब कोभिडको संक्रमण होइन कोभिड निको भैसक्यो तर कोभिड १९ ले छोडेका असरहरु नै पोष्ट कोभिड हो पोष्ट कोभिडको बेलामा सबैलाई गाह्रै हुनु पर्छ भन्ने हैन पोष्ट कोभिड लक्षण भएका व्यक्तिहरुले धैर्यधारण गर्नु आवश्यक  कतिपय व्यक्तिहरु कालो ढुसीको समस्या हुने हो कि भनेर आत्तिएको पनि देखिन्छ    अझै पनि केही भैहाल्ने हो कि भनेर आत्तिएको देखिन्छ    कोभिडको दोश्रो लहरको शुरुको बेलामा स्वास्थ्य सेवा पाउन अत्यन्त अप्ठेरो परेको थियो   धेरै संक्रमित व्यक्तिहरुले उचित स्वास्य सेवा  पाउन सकेनन्, अक्सिजन पाउन सकेनन्, हामीले सबैलाई उचित सेवा दिन सकेनौं    त्यस्तो अवस्थाबाट गुज्रिएर आएकाहरुमा अझै त्यस्तै  समस्या झेल्नु पर्ने हो कि भन्ने त्रास पनि पाइन्छ ब्ल्याक फंग्सन भयो कि भनेर आत्तिएको पाइन्छ ब्ल्याक फंग्स सबैलाई हुने होइन रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कम भएको व्यक्तिलाई मात्र ब्ल्याक फंग्सन  हुने सम्भावना हुन्छ त्यस्तो बाहेकको अवस्थाका व्यक्तिहरुलाई  ब्ल्याक फंग्सन हुने सम्भावना अत्यन्त कम हुन्छ

शारीरिक नै असर हुनु पर्छ भन्ने होइन जुनसुकै समस्या भएर पनि जीवनशैलीमा असर परिरहेको , काममा असर गरिरहेको भने चिकित्सक कहाँ गएर परामर्श  लग्नु पर्छ कतिपय व्यक्तिहरु थरथर कापेर, पसिना छ्टाएर डराएर आउनु हुन्छ त्यो शारिरीक समस्या हैन, तर  ती व्यक्तिको लागि ठुलो समस्या हो  नि यो शारिरीक समस्या नभए पनि मानसिक समस्या हो त्यसैले फिजिसियन वा मनोचिकित्सकलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ चिकित्सकको सल्लाहमा अघि बढेमा यी समस्याहरु सजिलै समाधान हुन्छन्