धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

नगरमा शिक्षाको खस्कदो गुणस्तर: बढ्दो बहस !

नगरमा शिक्षाको खस्कदो गुणस्तर:  बढ्दो बहस !

डि. सर

सार्बजनिक तर्फ ७२ विद्यालय निजि तथा सँस्थागत तर्फ मन्टेस्वरी समेत ११० विद्यालय रहेको धनगढी उपमहानगर पालिका अन्तरगत कक्षा आठको नगरस्तरीय परीक्षाको नतिजा सार्बजनिक गरिएपछि यहाको शैक्षिक धरातलमा रेक्टर स्केलको भूकम्प गएको अर्थात शैक्षिक अवस्था उदाँग भएको प्रकाशित नतिजाले   शिक्षामा सरोकार राख्नेहरुलाई केही भावुक बनाएको , केही लज्जाबोध गराएको

 १८ विद्यालयको  नतिजा शून्य भने जना विद्यार्थी मात्र  उत्तीर्ण हुने विद्यालयको सँख्या १३ रहेको तथ्याँक बाहिरिएको यस्ता ,,, विद्यार्थी मात्र उत्तीर्ण हुने विद्यालयको सँख्या पनि कम छैन बाहिरिएको अर्को तथ्याँक अनुसार सरकारी विद्यालयका कुल परीक्षार्थीहरुमा ९.१८%  नीजि समेत करिब ३२ प्रतिशत मात्र पास भएको देखाउछ, समग्रमा शैक्षिक अवस्था कहाली लाग्दो सरकारी नीजि दुबै किसिमका बिद्यालयको शैक्षिक हैसियत बुझ्न समेत नतिजाले मदत गरेको

आज धनगढीबजारदेखि बानेश्वर सभा हलसम्म, चौक गल्ली पसल मिडिया सबैतिर लज्जाबोध हुनेगरी नगरको शैक्षिक गुणस्तरको चर्चा चलिरहेको एकातिर यसले वर्तमान शिक्षाको स्तर अवस्थाको यथार्थतालाई सतहमा छताछुल्ल गरेको भने अर्कोतिर नीति निर्माण तहदेखि कार्यान्वयन क्षेत्रमा कार्यरत जनशक्तिको   असली चेहरा चरित्र एैना झै छर्लङ्ग पारिदिएको यो विषयलाई लिएर सरोकारवालाबीच जुहारी चलेको , आरोप प्रत्यारोप , तथापि शिक्षक मात्र दोषी हुन्  भन्ने न्यारेटिभ तयार गरी सामान्यीकरण गर्नु तर्कसँगत हुदैन

 कमजोरी ग्रहण गर्ने, समस्या पहिचान गर्ने, कारण तथा समाधान पत्ता लगाउने आत्मसमीक्षा गर्ने बेला हो यो नतिजाले हामीलाई ठीक समयमा ठीक ठाउँमा उभ्याएको , जवाफदेहिता उत्तरदायित्व थपेको अमुक ब्यक्ति वा सँस्थालाई  होच्याउने आरोप प्रत्यारोप गर्ने खुइल्याउने प्रवृत्तिले वातावरणलाई धमिल्याउन सक्छ, सँल्याउन सक्दैन

 धनगढीमा शिक्षाको गुणस्तरलाई लिएर विभिन्न कोणबाट ब्यापक बहस छेडिए पनि   बहसको स्तर स्वार्थपरक , उत्तेजना दोषारोपण भद्दा रुपमा पोखिने क्रम निरन्तर यसको मुलजरो (रुटकज) सम्म पुग्ने साहस स्वीकार्यता कसैमा देखिदैन, सतहि, आत्मकेन्द्रित, प्रतिरक्षात्मक मनोदशामा केन्द्रित छन् सबै शिक्षा क्षेत्रको बिगतदेखि बर्तमान सम्मको सैद्धान्तिक आर्थिक नीतिगत पद्दतिगत  मुद्दामा रुपान्तरणमा बहस केन्द्रित हुन नसक्नु दुखद मानसिक दरिद्रताको घोतक हो बहसलाई ब्यक्तिमा घटनामा हैन सिद्धान्तमा विषयमा केन्द्रित गरी पहल गर्न सके सामाधानको नजिक पुग्न सकिन्छ

अध्ययन अनुसन्धान गर्दै जादा शैक्षिक गुणस्तर खस्कनुका धेरै कारणहरु पत्ता लाग्लान्, तर अहिले निम्न मुद्दामा बहस चलाउन सान्दर्भिक नै हुनेछ

ऐनकानुनमा त्रुटी २०२८ को शिक्षा ऐन ( कटपेष्ट ) हटाउने थप्ने  प्रकृयाबाट चलिरहेको तीस लाख बढी खर्च गरी बनाइएको शिक्षा ऐन प्रतिनिधिसभामै पेन्डिङ शिक्षा नियमावलीले निर्धारण गरेको योग्यता मापदण्ड अनुसारका प्रधानाध्यपकको नियुक्ति पदपुर्ति राज्यले गर्न सकेको छैन, विद्यालयमा दरबन्दि छैन, काज राहत, नीजि लिएन करार, बाल शिक्षक आदि इत्यादि नानाभाति शिक्षकहरु भिन्न भिन्न मातहतप्रति जबाफदेही हुने गरि थुप्रिएका छन् यसप्रति सबैका आँखा कान बन्द छन्   नियामक जिम्मेवार सँरचनाको किटानी क्षेत्राधिकार अष्पष्ट राष्ट्रिय शिक्षा नीति २०७६ को परिच्छेद मा परीक्षाको परिचालन नियन्त्रण सम्बन्धि ब्यबस्थाको धारा ३९ मा कक्षा को सिकाइ उपलब्धि परीक्षण समितिको ब्यबस्था गरिएको जसमा अध्यक्ष श्रोतकेन्द्रको प्रअं, सदस्य सचिब  श्रोत ब्यक्ति रहने ब्यबस्था गरिएको , जबकि अहिले श्रोत केन्द्र छन् श्रोत ब्यक्ति नै छन् यो भन्दा हास्स्यास्पद अरु के हुन सक्छ ? यस्तै आधारभूत माध्यामिक गरी विद्यालय शिक्षा दुई तहमा बडिएको तर शिक्षा आयोगले  मावि, निमावि प्रावि पदमा विज्ञापन गर्छ, जुन तह  नियमावलीमा ब्यबस्था नै छैन, हाडिगाउँको जात्रा जस्तो  सरकारी शिक्षा निशुल्क भनिएको तर विभिन्न बहानामा मनपर्दि शूल्क उठाउने गरिएको नियमक निकाय मौन हुन्छ यी उदाहरण मात्र हु्न

बिना ऐन शिक्षा अराजक तदर्थवादमा चलेको विद्यामान नियम नीति कसैले मानोस्, नमानोस् प्रबाह छैन शिक्षाको सँरचना, पाठ्यक्रम, मूल्याँकन, पुनर्ताजगि, प्रबोधिकरण तालिम प्रशिक्षण, प्रअको नियुक्ति, शिक्षक नियुक्ति, दरबन्दिपूर्ति मिलान, निरीक्षण अनुगमन सबै अन्योल अनिश्चित , विद्यालय लावारिस छकालो प्रथामा चलेका छन् दरिलो शिक्षा ऐन भरपर्दो कार्यान्वयन बिना धेरै अपेक्षा गर्नु सहि हुदैन

मूल्याँकन÷परीक्षा प्रणाली :  झण्डै १० बर्षयता परीक्षा प्रणालीमा बैदेशिक ऋण अनुदानका सर्त दबाबमा ठूलो बिचलन आएको उदार कक्षोन्निति, निरन्तर मूल्याँकन लेटर ग्रेडिङ, ( एन.जि, जिपिए ) आदि इत्यादिको भ्रम अष्पष्टता नै अहिलेको धनगढी नगरको कक्षाको नतिजाको अर्को कारण हो विगत बर्ष कोरोनाका कारण पढाइ भयो, परीक्षा भयो तर सबै पास गर्नुपर्ने भयो

 निरन्तर मूल्याँकन प्रणलीका कारण पढ्ने पढाउने प्रकृया नै अबरुद्ध गरियो, शिक्षकका हातमा मोटामोटा रजिस्टर थमाइए, कक्षा देखि कक्षासम्म विद्यालयमा फेल गर्नै नपाइने बिधि बनाइयो, परीक्षाको ढोङ्ग गर्ने तर सबै पास गर्ने यो प्रणालीको बुझाई गराई कार्यान्वयनको अन्तर विरोधका कारण शैक्षिक गुणस्तरमा ह्रास आएको हो फेल गर्नु हुदैन, सबैलाई पास गर्नु पर्छ भन्ने मातहतको निर्देशन रहदै आएको थियो फेल कोही हुदैन, फेल गर्नै हुदैन, सबै पास हुन्छन्, पढ्न पर्दैन, पढाउन पर्दैन, पढ्न दबाब दिन हुदैन भन्ने मान्यता कायम गरियो अध्ययनको उत्प्रेरकका रुपमा रहेको एस.एल.सी. ÷एससिसि बोर्ड परीक्षालाईृ बिना कारण तर्क  ग्रेडिङ पद्यतिमा लगेर विद्यार्थीको लगनशील बानी पढाइप्रतिको लगावलाई तहस नहस गर्ने कार्य सरकारले गर्यो, एसएलसी पासका लागि तलबाटै मेहनत गर्ने गराउने प्रयत्नमाथि तुसारापात गरियो एससिसिमा अब कोही फेल हुदैन, सबै पास हुन्छन्, ग्रेडमा रिजल्ट आउँछ, ११÷१२ मा पनि सबको भर्ना हुन्छ भनि बाजा बजाइयो, बिद्यार्थीले मेहनत गरेर पढ्न छोडे, शिक्षकले मेहनत गरेर पढाउन छोडे, अभिभावकले पढ भन्न छोडे कक्षादेखि  लागु भएको यो पद्यति अब ठिक ÷१० बर्ष बित्यो दातृराष्टको अनुदान सकियो अब मज्जाले फेल !  अब पास सबै हुदैनन्, फेल हुन्छन भन्ने भाष्य स्थापित भयो, यसको जिम्मा राज्यले लिनु पर्छ शिक्षा प्रणाली माथि नव उदारवाद, त्यसका दलालहरु भ्रष्ट प्रशासनको हमला बर्तमान शैक्षिक गुणस्तरको कारक तत्व हो अहिलेको फेल कारण हैन, परिणाम हो   प्रभाव मात्र होकारण बैदेशिक अनुदानमा बेचिएको परीक्षा प्रणाली सरकारी निकम्मापन हो

पाठ्क्रम : पाठ्क्रम शिक्षाको एक बृहत योजना हो, दौडको मैदान हो, जसमा सिकारुहरु दौडेर निश्चित लक्षमा पुग्छन् यसभित्र उदेस्य, विषयवस्तु, शिक्षण अभ्यास विधि, मूल्याँकन जस्ता मूलभूत तत्वहरु समावेस भएका हुन्छन् पाठ्यक्रम शिक्षाको बृहत सिकाइ सम्बन्धि योजना हो कक्षाकोठामा यसको प्रयोग अभ्यास अनिवार्य हुन्छ यिनै सिद्धान्त भित्र रहेर सरकारले पाठ्यक्रम निर्माण गर्दछ जसमा विषयगत, कक्षागत, तहगत, राष्ट्रिय उद्देश्यहरु राखिएका हुन्छन तिनलाई निश्चित समयभित्र शैक्षेणिक कृयाकलापद्धारा पुरा गरिएकै हुनु पर्दछ त्यसैलाई सिकाई अनुभव वा उपलब्धि भनिन्छ यसभित्र ज्ञान शीप अभिबृत्ति अनुभबका रुपमा रहेका हुन्छन निर्धारित उद्देश्य जसले पुरा गर्छ, त्यो पास जसले पुरा गर्न सक्दैन त्यो फेल हुन्छ, तर सिकाई उपलब्धि पुरा हुने गरी शिक्षकले शिक्षण गरेकै हुनुपर्दछ, कक्षा शिक्षण  बेतनभोगी शिक्षकको दायित्व हो कर्तव्य हो हाम्रो पाठ्यक्रम सान्र्दभिक, ब्यबहारिक जीवनउपयोगि, समयानुकुल नभएर पनि सिकाई उपलब्धिमा रुचि घटेको भने शिक्षकहरुमा सैद्धान्तिक अज्ञानता वा गैरजिम्मेवारी बढ्दो त्यसैमा  हाम्रो पाठ्यक्रम बात मार्ने बसि खाने प्रकृतिको गरिखाने छैन आजभोली पाठ्येपुस्तकमा नै सिकाई उपलब्धि उल्लेख गरैको हुन्छ, त्यसमै आधारित प्रश्न आउँछन् भने यति धेरै फेल हुने कुरा कहाबाट आयो ?

अनुगमन निरीक्षण : एउटा सँरचनात्मक चुस्त दुरुस्त नियामक सँस्था छैन भएका सँस्था पनि कार्यात्मक छैनन् विद्यालय कति दिन खुल्यो, प्रअ कार्यकक्षमा छैन ? शिक्षक कक्षा कोठामा छैन ? शिक्षक कर्मचारीको उपस्थिती के कस्तो , कक्षाकोठा भित्र बाहिरको शैक्षिक वातावरणको अबस्था, विषयगत  शिक्षक छन् छैनन् नियमित कक्षा, आन्तरिक परीक्षा, विषयगत उपलब्धिको अवस्था कस्तो , कमी कहा सुधारका उपाए के हुन् ? यी यावत विषसँग सम्बन्धित भएर विद्यालयको नियमित अनुगमन निरक्षण हुने गरेको छैन यसप्रति कुनै जिम्मेवार सँस्था , कुनै ब्यक्ति जिम्मेवार पुरस्कार दण्डको न्यायिक व्यवस्था छैन राम्रोलाई पुरस्कृत हैन, हाम्रोलाई गरिन्छ राम्रो  सधै  कोपभाजनमा, अन्यायमा पर्छ नतिजामा सुधार ल्याउन नियमित अनुगमन निरीक्षण आवस्यक

बैदेशिक ऋण : अनुदान सँग लादिएका शर्तहरु यदि  कुनै देश वा समाजको  शिक्षा मौलिक कामयाब, सार्थक  उपयोगि बनाउन सकिएन भने त्यो देशको  जैविक अस्तित्व समाप्त हुन्छ, देर्श  बबार्द हुन्छ, मुलुक अहिले त्यही दिशा दशामा   जुन देशको शिक्षा मौलिक आफ्नो अनुकुल हुदैन, त्यो देशको आफ्नो केही हुदैन, ऊँ पराधिन , पराश्रीत असफल हुन्छ अर्थात त्यो देशसँग आफ्नो ढँगको भाषा, संस्कृति, राष्ट्रियता, विकास निर्माण, उद्योग ब्यापार, सुरक्षा, स्वाधिनता, स्वाभिमान, सम्मान केही रहदैन भनिन्छ यदि कुनै देश बिगार्नुछ भने त्यो देशको शिक्षा बिगार्नु पर्छ शिक्षक लाइसेन्स, सरकारी विद्यालयलाई समुदायीकरण, पाठ्यक्रममा विषयको हेरफेर, परीक्षा प्रणालीमा लेटरग्रेड उदार कक्षोन्नति, कन्टेन्टमा परिवर्तन, शिक्षाको तह सँरचनामा परिर्बतन लगायत नीति निर्माण समेतमा बैदेशिक ऋण, अनुदानको ठूलो हस्तक्षप, दबाब सर्तहरु रहदै आएका छन् परिणाम छैनन्

विद्यालयमा अति राजनीतिकरण : शिक्षा नियमावलीमा शिक्षकलाई सँघसँस्थामा, पार्टीको सदस्यता  पदमा बन्देज लगाइएको , तर खुला शिक्षकहरुको विद्यालय भन्दा दल, जनबर्गिय सँगठन सामाजिक सँस्थामा लगाव प्रेम बढ्दो सार्बजनिक शिक्षालयहरु आफन्त नातागोता पार्टी कार्यकर्ता भर्ने अखाडा बनाइएका छन्, विद्याालय दलका नामले परिचित छन्   कतिपय विद्याालयमा प्रअ कार्यालयमा भेटिदैनन्, शिक्षक कक्षाकोठामा भेटिदैनन् बिद्यालय पार्टी कार्यालय जस्तो, प्रअ शिक्षक कार्यकर्ता जस्तो, विब्यस. अध्यक्ष नेता जस्तो अविभाबक मतदाता जस्तो, यो प्रथा रहुन्जेल शिक्षामा सुधार सम्भब देखिदैन कसले कसलाई निरीक्षण, नियन्त्रण सन्तुलनमा राख्ने ? न्यून प्रतिसत रिजल्ट दिने बिद्यालयका प्रअ बिषय शिक्षकहरुले जवाफदेहिता जिम्मेवारी बहन गर्नु नैतिक दायित्व होइन ? राजनीतिक पहुच, आर्थिक ब्यक्तिगत प्रभावमा हुने सरुवाका कारण नगर शिक्षाको डम्पिङ साइड बनेको राजनीतिकरण तत्कालिक कारण भएकोले तत्काल सुधारको खाचो

न्यून लगानी :  शिक्षामा गरिने न्युन वित्त ब्यबस्था अथवा  घट्दो लगानी शिक्षा प्रणालीको अर्को समस्या हो राज्यको शिक्षामा कति इच्छा  दायित्व भनि बुझ्न जान्न प्रस्तुत तथ्य प्रयाप्त २०६७÷६८ मा बजेटको १७. लगानी रहेकोमा ७१÷७२ मा १५ प्रतिशतमा झार्दै २०७५÷७६ मा मुस्किलले १०.२ प्रतिशत रकम छुट्याइयो जबकि दलहरुले चुनावी घोषणापत्रमा कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए  दिगो विकास लक्ष्य पुरा गर्न नेपालले बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेकोछ छुट्याइएको बजेट  पनि दरबन्दि पूर्ति, गुणस्तरबृद्धितालिम, प्रशिक्षण, अनुसन्धान, पाठ्यक्रम, मूल्याँकनर अनुगमनसँग सम्बन्धित प्रणाली सुधारमा भन्दा निर्माण मर्मत, खाजा, सेनेटरीप्याड, बैठक, समिक्षा, भ्रमण जस्ता अनुत्पादक क्षेत्रमा वितरण गरियो

मेडिकल, इन्जिनियरिङ समेत नेपाल नोटरी पब्लिक परिषदको स्तर मापन  परीक्षाको हालत त्यस्तै २०७९। १२। २७ गते प्रकासित नोटरीको परीक्षामा एक जना पनि उत्तीर्ण हुन नसक्नुले समग्र  शिक्षाको अवस्था देखाउँछ

राष्ट्रिय शिक्षा अन्ततः राज्यकै नियन्त्रणमा उच्च प्रथमिकतामा रहन नसकेर नै शिक्षामा अराजकता  मौलाएको   संख्यात्मक विकास भएको होला, तर त्यो आमजनताको पहुचको गुणात्मक शिक्षा हुन सकिरहेको छैन यही अवस्था रहिरहे आशा हैन निराशामा बढोत्तर हुनेछ