६९ बर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि

धनगढी

   होम क्वारेन्टिनमा शुक्रवर शुक्रवार मृत्यु भएका गुल्मी जिल्लाको छत्रपुर गाउपालिका वार्ड नं  ५ का एक पुरुषको स्वाव परिक्षणमा कोरोना पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

  घरमै भत्यु भएका ६९ बर्षीय ती पुरुषको प्रदेश प्रयोगशाला भैरहवामा शनिबार गरिएको परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

 प्यारालाइसिसको उपचारको लागि भारत गएका उनी जेठ २५ गते घर फर्केका थिए । त्यसपछि उनी घरमै क्वारेन्टिनमा बस्दै आएका थिए ।