धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

जानकीमा स्वास्थ्यकर्मीले पाएनन् तलब

स्वास्थ्यकर्मीको तलव संघिय सरकारबाट उपलब्ध हुने गर्दछ ।

जानकीमा स्वास्थ्यकर्मीले पाएनन् तलब

धनगढी जानकी गाउँपालिकाका स्वास्थ्यकर्मीले चार महिना देखि तलव नपाएको भन्दै गुनासो गरेका छन् जानकीका स्वास्थयकर्मीले असोज यताको तलव नपाएको भन्दै गुनासो गरेका हुन्

तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता , त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन, स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, ‘समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको घरव्यवहार चलाउन मुस्किल हुँदै गएको भने बैंकको ब्याज तिर्न समेत समस्या भएको स्वास्थ्यकर्मीको भनाई

सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक रु तीन करोडभन्दा बढी बजेट चाहिन्छ यस वर्ष रु एक करोड १४ लाख बजेटमात्रै आएको हुँदा त्यस बजेटले असोजसम्मलाई भयो, उनले भने, ‘अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न सकिएको छैन

हाल गाउँपालिकामा सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन् स्थानीय तहले करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलबभत्ता पाइरहेका छन् मन्त्रालयबाट तलबभत्ता शीर्षकमा आएको रकम तीन महिनामा सकिएपछि बाँकी आउने रकम समयमा नआउँदा समस्या आएको हो

स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता भइसकेको स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमका लागि आग्रह गरिसकेको भन्ने जानकारी पाएको बताए