धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

आज देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइदै

आज देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइदै

धनगढी सुदूरपश्चिम प्रदेशमा आज बाट महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुवेदा रिोग बिरुद्धको खोप लगाउन सुरु भएको

प्रदेशका पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरारुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको

दादुरारुबेला खोप अभियान २०८०८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो आज फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरारुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिए कैलाली कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउने योजना रहेको उनले बताए

उनका अनुसार कैलालीमा दुई लाख ४० हजार सात सय ५८, कञ्चनपुरमा एक लाख ६५ हजार पाँच सय ३२, डडेल्धुरामा ११ हजार सय सय २३, डोटीमा १८ हजार दुई सय ९५ बैतडीमा २१ हजार तीन सय २४ जना बालबालिकालाई खोप लगाइने दार्चुलामा १० हजार चार सय १०, बझाङमा १८ हजार तीन सय ७६, बाजुरामा १३ हजार नौ सय ४२ अछाममा २३ हजार तीन सय ७९ जना बालबालिकालाई दादुरारुबेलाको खोप लगाउने लक्ष्य रहेको उनले बताए खोप अभियानको तयारी पूरा भएको औषधिलगायतका सामग्री सम्बन्धित खोप केन्द्रमा पुर्याइ सकिएको जनाइएको