अछाममा क्वारेन्टिनमा १ जनाको मृत्यु

धनगढी

 अछाममा क्वारेन्टिनमा बसिरहेका एक पुरुषको मृत्यु भएको छ । रामारोशन गाउँपालिका वडा नं ५ को कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ४५ बर्षिय पुरुषको आज दिउसो मृत्यु भएको हो ।

  आज क्वारेन्टिनमा मृत्यु भएका ती पुरुष भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडिटि परिक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।

  शनिवार उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अछामकै बयालपाटा अस्पतालमा पु¥याईएको थियो । बयालपाटा अस्पतालको आकस्मिक कक्षमा उपचाररत उनको आज दिउँसो मृत्यु भएको हो ।

  मृत्यु पश्चात मृतकसंगै अन्य २ जना विरामी कुरुवा समेतको स्वाव संकलन गरि पिसिआर कोरोना परिक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उनी मधुमेहका बिरामी रहेको र औसधि सेवन गरिरहेको अस्पतालले जनाएको छ ।