एन आइ सीका सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाताका सर्वश्रेष्ठ अतुलनीय फाइदा छन्  : तिमिल्सिना

एन आइ सीका सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाताका सर्वश्रेष्ठ अतुलनीय फाइदा छन्  : तिमिल्सिना
तेजराज तिमिल्सेना सुदुरपश्चिम प्रदेश प्रमुख एन आइ सी एशिया बैंक

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पु¥याएको एन आई सी एशिया बैंकले सुदुरपश्चिम प्रदेशमा २२ शाखा कार्यालयहरू, २२ एटिएम, एक्स्टेन्सन काउण्टर एवं वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्घ सेवा दिईरहेको बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको यस बैंकले यस्तो परिस्थितिमा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक स्थानीय जनताहरूको बैंकिङ्ग आवश्यकता पूर्ति सँगै बचत खातामै अतुलनीय फाइदाहरू रहने गरी सार्वजनिक गरेकोसर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता योजनाको बारेमा बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख तेज राज तिमिल्सिनासँ गरिएको कुराकानीको सम्पादित अंश

तपाईं  एन आई सी एशिया बैंकको प्रदेश प्रमुख हुनुहुन्छ, यस प्रदेशमा एन आई सी एशिया बैंकले बैंकिङ पहुँच कस्तो ?

एन आई सी एशिया बैंकले शाखा कार्यालय तथा विस्तारित काउन्टर मार्फत देशका कुना कुनामा पुगेर बैंकिङ्ग सेवा दिइरहेको नेपालको सुगम शहरदेखि दुर्गम गाउँसम्म एन आई सी एशिया बैंकको शाखा कार्यालयहरूको बलियो उपस्थिती रहेको यहाँलाई अवगत नै आजको दिनमा एन आई सी एशिया बैंकले नेपालको आर्थिक रुपले सक्रिय जनसंख्याको ३० प्रतिशत भन्दा बढी जनसंख्यालाई बैंकिङ्ग सेवा दिइरहेको

हाम्रा ग्राहक महानुभावहरूको विश्वास भरोसाले गर्दा नै आज एन आई सी एशिया बैंक मुलुकभर सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको तपाईलाई पनि थाहा नि एन आई सी एशिया बैंक विभिन्न वित्तीय तथा गैर वित्तीय सूचकहरूमा नम्बरमा रहेको बैंकका देशैभरी ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको आज ३४ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई बैंकले वित्तीय समावेशीकरण अन्र्तगत मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी देशभरका ७३ जिल्लामा अतुलनिय सेवा दिदै आइरहेको

हामीले सुदुरपश्चिम प्रदेशमा २२ तथा एक्स्टेन्सन काउण्टर शाखा सञ्चालनमा ल्याइसकेका छौं यसबाट पक्कै पनि ग्रामीण क्षेत्रसम्म बैंक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरू सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको हामीले अनुभुती गरेका छौं हामी यसलाई अझै सहज बनाउदै डिजिटल माध्यमबाट सबैको हात हातमा बैंकिङ्ग सेवा पु¥याउने अभियानमा लागेका छौं प्रदेशको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने हेतुले कृषि क्षेत्र, साना उद्यम कर्जा, उद्योग व्यापारमै कर्जा लगानी गरेका छौं यस प्रदेशमा हाल २२ शाखा कार्यालयहरू, २२ एटिएम, एक्स्टेन्सन काउण्टर एवं वटा शाखा रहित बैंकिङ्ग मार्फत करिव लाख  भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा दिइरहेका छौं

बैंकले हालै ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको यो कस्तो खालको खाता हो ?

एन आई सी एशिया बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक स्थानीय वासिन्दाहरूको आर्थिक गतिविधिहरूलाई थप सहज सबल बनाउने एवं वहाँहरूको आर्थिक गतिविधिहरू बैंकिङ्ग च्यानल मार्फत गराउने प्रमुख उद्देश्य लिई हाम्रा अन्य प्रकारका खाताहरू भन्दा थप १० गुणा अतुलनिय फाइदाहरू रहेको खाता ग्राहक महानुभावहरू माझ ल्याएका हौं जुन खातालाई हामीले सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता नामाकरण गरेका छौं जस अनुसार हामीले ग्राहकमैत्री योजना ल्याउने क्रममा अतुलनीय असीमित सुविधाहरूले भरिपूर्ण सर्वाधिक उच्च ब्याजदर, बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू एवं विशेषताहरू हाम्रो यस खाता योजनामा रहेका छन्

यसअघि यस प्रदेशका स्थानीय निकायहरूमा रहेका हाम्रा खाताहरूलाई आधार मानी त्यस भुभागमा बसोवास गर्ने स्थानीय जनताहरूलाई लक्षित गरी सञ्चालन भएको खाता योजना नैसर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता हो यस योजनामा हामीले एन आई सी एशिया Goodwill Ambassador, The Pride of एन आई सी एशिया    The Partner of एन आई सी एशिया गरी वर्गका ग्राहकको वर्गीकरण गरी सोहि अनुरुपका योजनाहरू सार्वजनिक गरेका छौं जसमध्ये हामीले गुडविल एम्बेसडर खातामा सबै भन्दा उच्चतम प्रतिफल दिएका छौं जसमा रहेको अतुलनीय बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाले ग्राहक महानुभावहरूलाई अत्याधिक लाभ दिने हाम्रो विश्वास रहेको

यसैगरी बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूलाई बीमा वापत रू करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेका छौं

यस योजना अन्तर्गत बीमा सम्वन्धी सर्वश्रेष्ठ फाइदा रहेको बताउनु भयो  यसबारे विस्तृतमा बताईदिनु हुन्छ कि ?

यो खाता अन्र्तगत रहेको प्रमुख एंव आकर्षक फाइदाको रुपमा लिइएको नेपालकै सवै भन्दा बढी बीमा रकम रहेको यस खाताको गुडवील एम्बेसडर योजनामा खातावाला लगायत निजले मनोनित गरेका अन्य जनाले रु. ८४ लाखसम्मको बीमा रकम फाइदा पाउनु हुनेछ जसमा प्रति व्यक्ति रु १० लाख वरावरको दुर्घटना बीमा, रु १० लाख वरावरकै घातक रोग बीमा रु लाख सम्मको औषधी उपचार बीमा गरी तीन प्रकारका बीमा फाइदा समेटिएका छन् नेपालकै बीमा योजनामा नयाँ प्रयोगका रुपमा हामीले ग्राहक महानुभाव एवं निजले मनोनयन गर्न सक्ने परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत ग्राहक महानुभावले प्राप्त गर्ने बराबर अथात् प्रति व्यक्ति रु २१ लाख सम्मकै बीमा फाइदा हामीले उपलब्ध गराएका छौं

 कर्जा सम्बन्धी फाइदाहरूमा के के रहेका छन् ?

अतुलनीय असीमित सुविधाहरूले भरिपूर्ण कर्जा योजनाहरू नेपालकै बैंकिङ्ग क्षेत्रमा पहिलो पटक स्थानीय बचत खाताको पूर्व स्वीकृत कर्जा अन्तर्गत ग्राहकले आफ्नो बचत खाताको महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा प्राप्त गर्नु हुनेछ जसमा ग्राहक महानुभावहरुले ०.२५ प्रतिशत मात्र कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नु हुनेछ बीमा, कर्जा अन्य विविध सेवा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै हामीले सर्वश्रेष्ठ स्थानीय बचत खातामा वर्षको अवधीसम्म सम्पूर्ण सेवा शुल्कहरू निःशुल्क उपलब्ध गराएका छौं

पाँच वर्षको उपलब्ध निःशुल्क सेवाहरूको बारेमा अझ प्रकाश पारिदिनु ?

बैंकिङ्ग इतिहासमा नै पहिलो पटक एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ योजना ल्याई ग्राहक महानुभावहरूले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, कमर्श नवीकरण, चेक क्लियरिङ, RTGS, IPS / CPS/Fund Transfer,  लकर मार्जिन, लकर सेवा एटिएम मार्फत मौज्दात जाँच तथा नगद झिक्ने जस्ता सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नु भएका अन्य व्यक्तिहरूका लागि समेत वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहनेछ

यसमा हेर्नुस हामीले ग्राहकलाई मात्र हैन कि ग्राहकले मनोनित गरेका अन्य व्यक्तिहरूलाई समेत समेटने गरी बैंकका अधिकांश सेवा सुविधा शत प्रतिशत निःशुल्क गरेका छौं, अनि छैनन् सर्वश्रेष्ठ अतुलनिय फाइदाहरू ?

यस बचत खातामा मनोनित गरिएका व्यक्तिले समेत २४ सर्वश्रेष्ठ फाइदा पाउने व्यवस्था रहेछ त्यो कसरी सम्भव ?

हामीले ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्येनजर गर्दै खातावाला सहित निजले मनोनित गर्नेलाई समेत उत्तिकै फाइदाको व्यवस्था गरेका छौं जसअनुसार यहाँले यस बचत खाता मार्फत सर्वाधिक उच्च ब्याजदर, रू ८४ लाखसम्मका बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू निःशुल्क रुपमा पाँच वर्षसम्म प्राप्त गर्न सक्नुहुन्छ यसमा सहभागी हुनका लागि मनोनित व्यक्तिले केबल शून्य बचतमै खाता खोलेर लाभ लिन सक्नुहुनेछ यदि मनोनयन गरेको व्यक्तिको यस बैंकमा पहिले नै बचत खाता भएको अवस्थामा उक्त बचत खातालाई स्कीम ट्रासफर गरी सर्वश्रेष्ठ फाइदा उपयोग गर्न सक्नुहुनेछ

सर्वश्रेष्ठ स्थानीय बचत खातामा यहाँहरूले गुडविल एम्बेसडर, प्राइड पार्टनर गरी तीन श्रेणीका खाताहरू राख्नु भएका रहेछ तीनै श्रेणीका खातामा सबै फाइदाहरू एकै प्रकारका छन् कि केही फरक छन् ? ब्याजदरमा के कस्तो नीति ?

यसै बैंकले आम नेपाली ग्राहक वर्गहरूलाई लक्षित गरी ल्याएको सर्वश्रेष्ठ बचत खाता भन्दा १० गुणा फाइदा रहेको सर्वश्रेष्ठ स्थानीय बचत खातामा ग्राहक महानुभावले वार्षिक ब्याजदर ८.०३ प्रतिशत प्राप्त गर्नुहुनेछ यस योजनामा सामेत हुन ग्राहकले एम्बेसडर श्रेणीमा जम्मा रु १० हजार, प्राइड श्रेणीमा रु हजार पार्टनर श्रेणीमा रु हजार सय न्यूनतम मौज्दात राख्नु पर्ने हुन्छ

साथै सर्वश्रेष्ठ स्थानीय मुद्दती खाता अन्र्तगत ग्राहकले वार्षिक आकर्षक ब्याजदर ११.०३ प्रतिशत पाउनु हुनेछ यस योजनमा सामेल हुन ग्राहकले एम्बेसडर श्रेणीमा रु १० लाखप्राइड श्रेणीमा रु लाख पार्टनर श्रेणीमा रु लाख ५० हजार न्यूनतम जम्मा गर्नुपर्ने हुन्छ

बचत खाता हरेक बैंकका रहेका छन् ग्राहकले एन आई सी एशिया बैंकमै किन बचत खाता खोल्ने ?

हामी नेपालकै बैंकहरू मध्ये अझ उन्नत स्तरकोबैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि बन्न सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय उत्तरदायी बैंक बन्ने लक्ष्यका साथ अगाडी बढिरहेको यहाँहरूलाई अवगत नै

यस बचत योजनामा आबद्ध भइसकेपछि यस बचत खातासँगै वर्षका लागि निःशुल्क प्राप्त हुने २४ सर्वश्रेष्ठ फाइदाहरूका अलावा बैंकका भौतिक एवं डिजिटल बैंकिङ्गका माध्यमबाट ग्राहक महानुभावहरुले अथाह फाइदा प्राप्त गर्न सक्नुहुनेछ जस्तो की देशभर रहेका बैंकका ३५८ शाखा, ४७३ एटिएम, ९४ विस्तारित काउन्टर एवं ८१ शाखा रहित बैंकिङ्ग जस्ता सम्पूर्ण भौतिक सञ्जाल एवं विभिन्न डिजिटल च्यानलहरू मार्फत आफ्नो बैंकिङ्ग आवश्यकता सहज एवं सरल रुपमा पूरा गर्न सक्नुहुनेछ विश्वजगतमा विकास भईरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका हाम्रा डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank_, iServe, इन्टरनेट बैंकिङ्ग ( iTouch  ) एवं वेबसाइट मार्फत ग्राहक महानुभावहरुले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सक्नुहुने कुरा जानकारी गराउँदछु

बैंकले आफुलाई पूर्ण रुपलेडिजिटल फष्ट बैंक बनाउने दीर्घकालिन रणनीति अवलम्बन गरेसँगै www.iserve.nicasiabank.com मार्फत मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको साथै, NIC ASIA MoBank  एप मार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २३०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको QR  भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्ड बिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवाहरु उपलब्ध छन्

अझ मैले अघि बताए अनुसार यो स्थानीय बचत खातामा झन् सर्वश्रेष्ठ बचत योजनामा भन्दा थप १० गुणा वढी फाइदाहरू समेटिएका छन् जसले प्रमुखतः हाम्रा स्थानीय वासिन्दाहरूका विविध बैंकिङ्ग समस्याहरूको हल गर्ने छदैछ, त्यसभन्दा बढी स्थानीयहरूलाई केन्द्रविन्दुमा राखि वहाँहरूको बचतमा उच्च ब्याज दिने, कर्जामा न्यून ब्याज लिने, रेमिटेन्स वचत तथा निक्षेप खातामा अन्य वचतमा भन्दा प्रतिशत थप ब्याज प्रदान गर्ने सँगै वर्षसम्म बैंकका विविध सेवाहरू शत प्रतिशत निःशुल्क प्रदान गरी ग्राहकलाई थप अतुलनिय फाइदा दिन सक्ने क्षमता राख्दछौ भन्नेमा पूर्ण विश्वास लिएका छौं

बचत खाताका अन्य प्रकारहरू समेत छन् की ?

सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता सँगै हामीले आम ग्राहकवर्गको लागि विविध अतुलनिय फाइदाहरू रहेको बचत तथा मुद्दती खाता योजना अन्र्तगत सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता, सर्वश्रेष्ठ रेमिटेन्स बचत, मुद्दती तथा मासिक खाता, सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरीक बचत खाता, सर्वश्रेष्ठ तलव बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता जस्ता हरेक तह तप्काका व्याक्तिहरूलाई समेटने गरी विविध बचत खाताहरू सञ्चालनमा ल्याएका छौं यी सबै प्रकारका खाताहरू विशेष गरी केही विशेष समूहहरुलाई लक्षित गरी ल्याएको हुनाले पनि हामी के विश्वास दिलाउन सक्दछौ भने यी बचत खाताहरूले त्यो विशेष समूहलाई अन्य बचत खाता भन्दा थप १० गुणा अतुलनिय फाइदाहरू नै दिने प्रकारका हुनेछन्

यहाँले रेमिटेन्स बचत खाता पनि सञ्चालनमा रहेको भन्नुभयो यस बचत खाताको बारे थप प्रष्ट पारिदिनु ?

देशको अर्थतन्त्रमा मुख्य योगदान दिएको रेमिटेन्सलाई सही सदुपयोगसँगै बचत गर्ने उद्देश्य अनुरुप हामीले ती तमाम विदेशमा काम गरी कमाएको धनको बचतमा उच्चतम ब्याज दिने उद्देश्यले रेमिटेन्स बचत खातामा ९.०३ प्रतिशत रेमिटेन्स मुद्दती बचत खातामा १२.०३ प्रतिशत व्याज दिने व्यवस्था गरेका छौं जुन अन्य प्रकारका बचत भन्दा प्रतिशत बढी ब्याज हो त्यससँगै यस बचत खातामा सर्वाधिक उच्च ब्याजदरको अलावा नेपालको बैंकिङ्ग क्षेत्रकै पहिलो पटक वर्षसम्म रू ८४ लाखसम्मका बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू उपयोग गर्न सक्नुहुनेछ

यस सर्वश्रेष्ठ  (स्थानीय) बचत तथा मुद्दती खाताको बारेमा ग्राहकलाई अझै बढी जिज्ञासा भएमा बैंकलाई कहाँ कसरी सम्पर्क गर्न सकिन्छ ?

यस योजना सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न बैंक तत्पर रहेको बैंकका सेवा तथा सुविधा सम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ्ग च्यानलहरूमा यहाँले भोग्नु हुने प्राविधिक समस्याहरूको यथाशिघ्र समाधान तथा यहाँको सेवा सम्बन्धी जिज्ञासाको यथोचित सम्बोधनका लागि बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको Customer CareÚ मार्फत स्थानीय वासिन्दाहरू हामीमाझ जोडिन सक्नु हुनेछ यहाँको गुनासोको सुनुवाई तथा Progress Tracking  को सुविधा समेत सो एप मार्फत उपयोग गर्न सक्नुहुनेछ साथै, बैंकका सेवा तथा सुविधाहरू बारे जो कोहीलाई अन्य कुनै जिज्ञासा एवं गुनासो भएमा नजिकैको शाखा कार्यालय वा सम्पर्क नं  ०१५९७०१०१ फोन गर्दा पैसा नलाग्ने टोल फ्री नं  १६६००१७७७७१ मा सीधा सम्पर्क गर्नहुन सबै स्थानीय बासिन्दाहरूलाई आग्रह गर्दछु

साथै बैंकिङ्ग अनुभवलाई नै सुविधामैत्री गराउने उद्देश्य अनुरुप यहाँको सेवामा हामीले एक जना कुशल Dedicated Relationship Manager  को व्यवस्था गरेका छौं भने यहाँको सहजताको लागि होम तथा अफिस बैंकिङ्ग सेवाहरू उपलब्ध छन् यहाँको बैंक खाता भएको शाखा कार्यालयको शाखा प्रबन्धक वा Relationship Manager  को मोबाइल नम्बरमा सम्पर्क गरी होम बैंकिङ्ग वा अफिस बैंकिङ्गको फाइदा उपयोग गर्न सक्नुहुनेछ