सुर्मा साईपालको बार्षिकोत्सव दृष्टि फाउण्डेसन संग

सुर्मा साईपालको बार्षिकोत्सव दृष्टि फाउण्डेसन संग

धनगढी धनगढी मा रहेको सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औं बार्षिकोत्सव धनगढी१३मा रहेको दृष्टि फाउण्डेसन संग मनाएको

संस्थाको उद्देश्यनै समाजसेवा गर्ने रहेको बताउँदै सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदनराज रेग्मीले मानविय सेवामा एक दिन भएपनि सहकार्य गर्ने उद्देश्यले दृष्टि फाउण्डेसनको कार्यालयमै १३औं बार्षिकोत्सव कार्यक्रम मनाएको बताए

बार्षिकोत्सव कार्यक्रमका अवसरमा सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाले दृष्टि फाउण्डसनलाई सेट सुत्ने खाट उपलब्ध गराएको , भने फाउण्डेसनमा रहेका वेसहारा महिला तथा बालबालिकालाई खाजा खुवाएको

बार्षिकोत्सव कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अमिर खातीले सुर्मासाईपाल सहकारी समाजसंग सहकार्य गरेर अघि बढीरहेको बताए उनले यस अघिपनि सुर्मा साईपाल सहकारीले विभिन्न क्षत्रमा सकेको सहयोग गरी समाजिक उत्तरदायी भूमीका बहन गर्दै आएको बताए

परिवार, समाज आफन्त गुमाएर समस्यामा परेका नागरिकलाई दृष्टि फाण्डेसनले संरक्षण गरेर महान मानविय कार्यगरेको भन्दै उनले संस्थाकी सञ्चालिका कल्पना भट्टलाई धन्यवाद दिए

सेती प्रादेशि अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डाक्टर गणेशबहादुर सिंहले सवै नागरिकले दृष्टि फाउण्डेसनलाई सकेको सहयोग गर्न आग्रह गरे निस्वार्थ भावनाले काम गरेको अशक्तको सहयोगी रहेको संस्था सहयोगकै भरमा सञ्चालन हुन भन्दै उनले जन्मदिन, बार्षिकोत्सव जस्ता कार्यमा फजूल खर्च गर्न भन्दा सो बराबरको रकम दृष्टि फाउण्डेसनलाई सहयोग गर्न आग्रह गरे

सुर्मासाईपाल सहकारी संस्थाका कानूनि सल्लाहकार तथा सुर्मा देवि समाजका अध्षक्ष दिल बहादुर खातिले सहकारीलाई माथी उकास्न सवै सदस्यले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए कुनैपनि संस्था जन्माउन भन्दा त्यसलाई बलियो बनाउनु चुनौतिको विषय हुने भन्दै उनले सवैको सहकार्य सामुहिक प्रयासबाट मात्रै संस्था बलिायो हुने बताए

कार्यक्रमको बारेमा जानकारी दिंदै सुर्मादेवि बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नवराज रेग्मीले यसै आर्थिक बर्ष भित्र संस्थाको आफ्नै भवन बनाउने लक्ष्य रहेको बताए

उनका अनुसार हाल संस्थाले फूलवारीमा सेवा केन्द्र सञ्चालन गरिहरेको सहकारीमा हाल सम्म एक हजार सय २३ जना शेयर सदस्य आबद्ध छन् भने, ११ जना कर्मचारी रहेका छन्

बार्षिकोत्सव कार्यक्रममा सुर्मा साइपाल सहकारी संस्थाका सल्लाहकार सदस्य कर्णबहादुर जप्रेल, सल्लाहकार मदनराज जोशी, धनबहादुर विष्ट, कानूनि सल्लाहकार हरिप्रसाद उपाध्याय, लगायतले शुभकामना मन्तव्य व्यक्र गरेका थिए

सहयोग सामाग्री बुफ्नै दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टले सवैको सहयोगले संस्था सञ्चालन गर्न सहज भएको बताइन् सडकमा वास भएका वेसहारा नागरिकलाई सहयोग गर्ने उद्देश्यले संस्था सञ्चालन गरेपनि समाजले हेपाह दृटिले हुर्ने गरेको उनको दुःखेसो पागल ल्यायो भन्दै सुरुमा कसैले कोठा दिएनन्, उनले भनिन्, ‘संस्थाको भवन बनाउँदा धेरै ठाउँबाट लखेटिनु ¥यो, अन्तिममा धनगढी१३ को एकान्त स्थानमा आउनु परेको , नयाँ ठाउँमा पुग्न सहयोगिलाई पनि समस्या भइरहेको  

सुर्मा साइपाल सहकारी संस्थाका अध्यक्ष मदनराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक दिनेश जोशीले गरेका थिए