खाद्य संस्थानले धाननको कोटा निर्धारण नगर्दा सस्तोमा धान वेच्दै किसान

धनगढी । कार्तिक सम्म पनि सरकारले धानको मुल्य निर्धारण  नगार्दा किसान सस्तो मुल्यमा धान वेच्न थालेका छन् ।

सरकारले विगत दुई बर्ष देखि किासनको धान खरिद गरेको छैन । त्यसको फाइदा उठाउँदै व्यवपारीले किसानबाट सस्तोमा धान खरिद गर्ने गरेको किसानको गुनासो छ । 

‘दुई बर्ष अघि मोटो धानको मुल्य २७ रुपैंया निर्धारण गरेको थियो,’ धनगढी–१२ का किसान भवराज मिश्रले भने, त्यतिवेला व्यवपारीले पनि राम्रै मुल्य दिएका थिए, गत बर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान वेच्यांै, यस बर्ष मुल्यनै तोकेको छैन ।’

धान वेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान वेच्नुपरेको उनले बताए । उनका अनुसार अहिले व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गर्ने गरेका छन् । ‘धान वेचेर आएको पैशाबाट खेत जोत्ने र मल खाद किन्नु पर्दछ,’ कैलालीको भजनी नगरपालिका–८ लालबोझिका किसान दिनेश डगौराले भने–‘खाद्य व्यवस्था तथा व्यापार कम्पनिले मुल्य तोक्ला अनि पालो पर्खदा गहुँ छर्न ढिलो हने भएपछि यहाँका किसान सस्तोमा धान वेचेर हिउँदे वाली लगाउने तयारीमा छन् ।’ 

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का चुट्कन रानाले किसानलाई धान वेच्न भ्याइ नभ्याइ भएको बताए । तर यस पटक तीन बर्ष अघिको भन्दा पनि कम मुल्यमा धान विक्रि गर्नुपरेको उनि बताउँछन् ।

सरकारले मुल्य निर्धारण गरेपनि व्यापारीले पनि मुल्य बढाउने गर्दथ्ये, उनले भने, तर यस पकट सरकार मौन बस्दा त्यसको प्रत्यक्ष फाइदा व्यापारीलाई भएको छ, गाउँका धेरै किसान कैलालीको धनगढी आएर निजी उद्योगी तथा व्यवसायीलाई धामधन धान वेचिरहेका छन् ।’ 

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले २०७७ मा धानको समर्थन मुल्य मोटो धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मुलय प्रतिक्वीन्टल २ हजार ८ सय ८५ तोकेको थियो । सो बर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो । 

गत बर्ष  मोटोधानको मुल्य २ हजार ७ सय ५० र मसिनो धानको मुल्य दुई हजार ८ सय निर्धारण गरिएकामा कार्तिकमा आएको बाढीका कारण धान विग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनिले धान खरिदनै गरेन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड धनगढीकी प्रमुख इन्जिला बस्नेतले सरकारले धानको समर्थन मुल्य निर्धारण गर्ने अधिकार केन्द्रमै रहेको बताइन् । ‘अहिले सम्म केन्द्रले समर्थन मुल्य तोकेर पठाएको छैन, नत कोटा निर्धारण गरेर पठाएको छ,’ उनले भनिन्, ‘केन्द्रको निर्णय नआएर हामी केही गर्न सक्दैनौं ।’ उनले मंसिर पहिलो साता सम्म केन्द्रले धानको समर्थन मुल्य निर्धारण गरी कैलालीका लागि कोटा निर्धारण गर्न सक्ने बताइन् । 

२०७७ मा कैलालीका ४ वटा स्थान (धनगढी, टिकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद गरेको थियो ।