सुदुरपश्चिममा ९१ जनामा कोरोना पुष्टि

सुदुरपश्चिममा ९१ जनामा कोरोना पुष्टि

धनगढी

 सुदुरपश्चिममा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढीको  परिक्षणमा ३१ जना, राष्ट्रिय जनस्वास्थ्य परिक्षण प्रयोगशशाला टेकुको परिक्षणमा ५८ जना  र डडेल्धुरा अस्पतालको परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

  धनगढीमा गरिएको परिक्षणमा ५ र टेकुमा गरिएको परिक्षणमा १७ जना गरि अछामका २२ जना, टेकुको परिक्षणमा बैतडीका २ जना, बझाङका ४ जना र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले बताए ।

  मन्त्रालयका अनुसार धनगढीको परिक्षणमा ४ जना र टेकुको परिक्षणमा ८ जना गरि डोटीका १२ जनामा, धनगढीको परिक्षणमा १७ जना र टेकुको परिक्षणमा १९ जना गरि कैलालीका ३६ जनामा, धनगढीको परिक्षणमा ५ जना र टेकुको परिक्षणमा ७ जना गरि  कन्चनपुरका १२ जनामा र डडेल्धुरामा गरिएको परिक्षणमा डडेल्धुराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।