सदस्यको हित नै सर्वोपरि हो  :  शाही

सदस्यको हित नै सर्वोपरि हो  :  शाही
महेन्द्र शाही प्रमुख व्यवस्थापक हिम हिखर बहु–उद्देश्यीय सहकारी संस्था लि

सहकारीको अवस्था अहिले कस्तो ?

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिका कारण अहिले समग्र वित्तीय क्षेत्रमा समस्या देखिएको सहकारी क्षेत्र पनि त्यसबाट अछुतो छैन तर अहिलेसम्म हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सवै सूचकाङ्कहरु राम्रा छन् त्यसको असर अहिलेसम्म देखिएको छैन अहिलेसम्म संस्था स्वस्थ रहेको

अहिलेको अवस्थामा पनि सवै सूचकाङ्क राम्रो भन्नु भयो त्यो कसरी सम्भव भयो ?

सहकारीमा सवै भन्दा महत्वपुर्ण पाटो भनेको त्यसका सदस्य हुन् हिमशिखर बहुउद्देश्यीय संहकारीका सदस्यहरु संस्थाप्रति एकदमै प्रतिबद्ध छन् हाम्रो सफलताको सवै भन्दा ठुलो शक्ति भनेको सदस्य इमान्दार हुनु नै हो सदस्यले संस्था संस्थाको अवस्थाको बारेमा राम्ररी बुझ्नु भएको उहाँहरुले सवै कुराको निगरानी पनि गरिरहनु भएको यो संस्था समुदायमा आधारित भएका कारण पनि राम्रो अवस्था

संचालक टीम व्यवस्थापनले जहिले पनि सदस्यको हितलाई सर्वोपरि ठानेर काम गर्दै आएको सचालक, व्यवस्थापन सदस्यको सहकारिप्रतिको लगावको राम्रो संयोजनले सहकारी उत्कृष्ठ सेवा प्रदान गर्न, शेयर सदस्यहरुलाई प्रतिफल दिन सफल हुदै आएको

बित्तीय क्षेत्रमा जोखिम बढ्यो भन्ने हल्ला , त्यो जोखिम भनेको के हो ?

हरेक क्षेत्रमा अहिले जोखिम त्यसैले वित्तीय तथा सहकारी क्षेत्रमा पनि समस्या देखिने गरेको एउटा महत्वपुर्ण कुरा भनेको सुशासन कायम राखेर काम गर्ने संस्थाको जुनसुकै समस्यामा पनि सफलता पाउन सक्दछन् संस्था आफ्नो उद्देश्यमा अडिक रहेर काम गर्ने हो भने कुनै समस्या हुदैन भन्ने हामीले बुझेका छौं त्यसै अनुरुप हामीले काम गरिरहेका छौं हामी आफ्नो उद्देश्य अनुसार चलेका कारण अहिलेको चुनौतीले खासै असर पनि गरेको छैन

जोखिम बढेको हल्ला किन आइरहेको ?

वित्तीय क्षेत्र आफैमा संवेदनशिल क्षेत्र हो अहिले सामाजिक सञ्चालको प्रयोग बढेसंगै त्यसमा विभिन्न अफवाह फैलाउने गतिविधि पनि पोष्ट्याइएका हुन्छन् ती पोष्टहरु कति सत्य हुन् वा झटो हुन् भन्ने बारेमा कतिपय मानिसले राम्रोसंग अध्ययन नै नगरी धारणा बनाउने गरेको देखिन्छ जसका कारण अहिलेको समस्या भइरहेको देखिन्छ

हिमशिखरमा तरलताको अवस्था कस्तो ?

हिमसिखरमा तरलताको हिसावले पुर्ण रुपमा सुरक्षित छं सदस्यका आवश्यकतालाई हेरेर सहजै रुपमा ऋण पनि प्रावाह गरिरहेका छौं ऋण प्रवाह गर्न हामीलाई कुनै समस्या पनि छैन

सहकारीले केका आधारमा लगानी गर्ने गरेको ?

हाम्रो मुख्य उद्देश्य भनेको हाम्रा शेयर सदस्यलाई उत्पादनसंग जोड्नु हो त्यसै अनुसार हामीले सदस्यलाई उत्पादन क्षेत्रमा लगानी गर्ने गरेका छौं संस्थाले उत्पादनमा जोडिएका सदस्यलाई सहयोग पुग्ने गरी ऋण प्रवाह गरिरहेको

हामीले ऋण प्रवाह गर्दा उनुत्पादन क्षेत्रलाई प्राथमिकता दिने गरेका छैनौं हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफैले पनि कैलारी गाउँपालिकाको बिसनपुरमा आफ्नै जमिनमा २५५० को संरचना बनाएर बीउ प्रशोधन केन्द्र सञ्चालन गरिरहेका छौं अन्य सदस्यलाई पनि उत्पादन क्षत्रमा जोड्ने गरी हौसला प्रदान गर्ने गरेका छौं

बीउ उत्पादनसंग शेयर सदस्यलाई कसरी जोड्नुहुन्छ ?

बीउ उत्पादन गर्नुको मुख्य कारण हाम्रा कृषि क्षेत्रमा लागेका शेयर सदस्यदस्यलाई व्यवसायिक बनाउनु हो हामी हाम्रा कृषक शेयर सदस्यलाई बीउ उत्पादन गर्न लगाउँछौं किसानले उत्पादन गरेको बीउ हामीले खरिद गर्ने संस्थाको बीउ प्रशोधन केन्द्रमा प्रशोधन गरी बजारीकरण गर्ने गर्ने हाम्रो योजना रहेको

शेयर सदस्यलाई के कस्ता सुबिधा दिन्छ शिमशिखरले ?

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था हो हामीले बचत ऋणका अलावा शेयर सदस्यका लागि सदस्य राहत कोष सञ्चालन गरेका छौं हरेक बर्ष शेयर सदस्य महिलाहरुलाई   सुत्केरी खर्चसदस्यको मृत्यु भएमा सदस्यका आश्रीत परिवारलाई क्रिया खर्च, प्रदान गर्दै आएका छौं यसैगरी हामीले जेष्ठ सदस्यको सहारा हिमशिखर भन्ने कार्यक्रम पनि सञ्चालन गरेका छौं सो कार्यक्रम अन्तरगत ३६ जना जेष्ठ सदस्यलाई हिडडुलमा सजिलो होस् भनेर लौरो वितरण गरिएको साथै हामीले शेयर सदस्यलाई उपचारमा सघाउन नवजीवन अस्पताल, कान्तिपुर डेन्टल धनगढी नेत्रालय संग सम्झौता गरेका छौं त्यहाँ हाम्रा सदस्यलाई उपचारमा निश्चित छुटको व्यवस्था मिलाएका छौं

यसका अलावा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्रियाकलाप गर्दै आएको रक्तदान, अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण कार्यक्रम गर्दै आएका छौं कोभिडको समयमा हिमशिखरले विपन्न वर्गलाई खाद्यान्न लगायत स्वास्थ्य सुरक्षामा सामग्री वितरण गरेको थियो अक्सिजन प्लान्ट स्थापनाका लागि पनि हामीले सहयोग गरेका छौं सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई हामीले बार्षिक कार्यक्रममा पनि समावेस गर्ने गरेका छौं

हामीले कृषक शेयर सदस्यलाई राहत प्रदान गर्नका लागि सुपथ मुल्यमा कृषि औजार पनि बिक्री गर्ने गरेका छौं त्यसैगरी कृषि सामागी केन्द्र लिमिटेड, साल्ट ट्रेडिङबाट रासायनिक मल ल्याएर सदस्यलाई सुपथ मुल्यमा वितरण पनि गरिरहेका छौं