गेटा अस्पतालभित्र छिर्न नपाएपछि धनगढीमा अनसन बसे डा.  केसी

गेटा अस्पतालभित्र छिर्न नपाएपछि धनगढीमा अनसन बसे डा.  केसी

धनगढी   कैलालीको गेटामा अवरोधको सामाना गरेपछि डा. गोविन्द केसीले शुक्रवार साझबाट धनगढीमा अनसन शरु गरेका छन् डा केसी तीन दिनसम्म अनसन बस्नेछन्

शुक्रबार दिउसो अनसनको घोषणा गरेको लगत्तै साझपख गेटामा अवस्थित प्रस्तावित मेडिकल कलेजमा पुगेका थिए तर उनलाइ  स्थानीय वासिन्दाले अस्पतालको गेटभित्र छिर्न दिएनन्

अस्पतालभित्र छिर्न नपाएपछि डा. केसीले धनगढी एलएनचौक स्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा  साझ साढे सातबाट अनसन शुरु गरेका छन्

डा. केसीले एक हप्ता अघि मात्र आफ्नो पेटको  अपरेशन गरेका कारण यसपटक अनसन तीन दिन मात्र बस्ने बताएका छन् पुर्व घोषणा भैसकेका कारण अस्वस्थताका बीच पनि तीन दिन अनसन बसेर राज्यलाई जवाफदेही बनाउन लागेको डा. केसीले बताए  

संक्रमणकालीन न्याय चिकित्सा शिक्षासँग सम्बन्धित बुँदे माग अगाडि सार्दै केसीले  अनसन शुरु गरेका हुन्

डाक्टर केसीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई प्रमुख मागका रुपमा अगाडि सारेका छन् केसीले विज्ञप्ति गर्दै सार्वजनिक गरेका बुँदे मागको पहिलो बुँदामा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंगोमा पु¥याउनुपर्ने बताइएको केसीको मागको पहिलो बुँदामा भनिएको , ‘सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पु¥याइयोस

डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित रहेर यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई दोस्रो मागका रुपमा अगाडि सारेका छन् डा केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन्