बाजुराको कोल्टीमा गेटा आखा अस्पतालको २५ औं शाखा सञ्चालन

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली र स्वामीकार्तिक गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न  नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिकाको सहकार्य तथा सेभा क्यानाडाको सहयोगमा आखा उपचार केन्द्र सँचालन गरि

बाजुराको कोल्टीमा गेटा आखा अस्पतालको २५ औं शाखा सञ्चालन

धनगढी । नेपाल नेत्रज्योति संघ गेटा आखा अस्पतालले बाजुरा जिल्लाको कोल्टीमा आखा उपचार केन्द्र   सञ्चालन गरेको छ । सुदूर पश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार गेटा आखा अस्पतालले २५ औं शाखा कोल्टीमा स्थापना गरेको हो ।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली र स्वामीकार्तिक गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न  नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिकाको सहकार्य तथा सेभा क्यानाडाको सहयोगमा आखा उपचार केन्द्र सँचालन गरिएको हो ।

उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचार चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम संचालन गरिने आखा अस्पतालका  वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए । भट्टका अनुसार आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिनुको साथै विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण गरि चश्माको आवस्यकता भएका विद्यार्थीहरुलाई निःशुल्क चश्मा उपलब्ध गराईने छ । 

बुढीनन्दा नगरपालिकाका नगर जनक कुमार बोहराले आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।नेपाल नेत्रज्योति संघ सुदूर पश्चिम प्रदेश समितिका सचिव तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य  भूपेन्द्र थापाले शुभकामना व्यक्त गरेका थिए भने गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले आँखा रोगको वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बारेका प्रकाश पारेका थिए  ।