श्रीमतीको उजुरीपछि गायक  रवि ओड बिरुद्ध पक्राउ पुर्जी जारी

श्रीमतीको उजुरीपछि गायक  रवि ओड बिरुद्ध पक्राउ पुर्जी जारी

धनगढी । कन्चनपुर प्रहरीले गायक रवि ओड विरुद्ध जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको छ ।

श्रीमतीको जबरजस्ती करणीको मुद्धापछि प्रहरीले जिल्ला अदालथ कन्चनपुरबाट रबिलाइृ पक्राउको अनुमति लिएको हो ।

 कन्चनपुरको कृष्णपुर नगरपालिकाका रवि नेपाल आइडल सिजन–२ मा विजेता बनेका थिए ।  ओडकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए।

कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर रविलाई पक्राउ गरेर पठाइदिन पत्राचार गरिसकेको छ ।