एसीसी प्रिमियर कपमा  आज  नेपाल र कतार भिड्दै

एसीसी प्रिमियर कपमा  आज  नेपाल र कतार भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज शनिबार कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ : १५ बजे  शुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो ।

त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, अनिल साह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसीकुशल मल्ल, ललित राजवंशी र विवेक यादव रहेका छन् ।