घोडाघोडीमा दुई छोरी माथि बलात्कार गरेको आरोप लागेका बुबा माथी मुद्दा दर्ता भएन

घोडाघोडीमा दुई छोरी माथि बलात्कार गरेको आरोप लागेका बुबा माथी मुद्दा दर्ता भएन

सुख्खड

  कैलालीको घोडाघोडी नगरपालिकामा आफ्नै दुई छोरी माथी बलात्कार गरेको आरोप लागेका बुबा माथी प्रहरीले मुद्धा दर्ता गर्न आनाकानी गरेको छ ।

 शनिवार नै बुबाले दुई छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा निवेदन पुगेपनि प्रहरीले भने सो मुद्धा दर्ता गर्न मानेको छैन । पीडित बालिकाको आमा केहि बर्ष देखि वैदेशिक रोजगारीमा रहेकाले मुद्दा दर्ता गर्न संरक्षक नभेटिएको भन्दै मुद्धा दर्ता नगरेको प्रहरीले जनाएको छ । घोडाघोडी नगरपालिका स्थित १४ बर्षिया र १६ वर्षीय दुई नाबालिका छोरीलाई बुबाले बलात्कार गरेको भन्ने आरोप लागेको थियो ।

 इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बालिकाको संरक्षक नभेटिएका कारण मुद्धा दर्ता नगरेको र उनिहरुलाई ओरेक नेपालको जिम्मा लगाएको बताए । प्रहरीले बालिकालाई हाम्रो जिम्मामा लगाएको छ ओरेक नेपालकी जिल्ला संयोजक बिनु रानाले भनिन्–‘उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गराउने तयारी गरेका छौं । बलात्कार गरेको आरोप लागेका बालिकाका बुबा भने फरार रहेका प्रहरीले जनाएको छ ।