एकान्तवास (आईसोलेशन ) को अनुभुति

 विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको त्यो लडाईमा स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा खटिरहेका छन् मलाई पनि एउटा स्वास्थ्यकर्मीका नाताले यो अवसर उपल्बध भएकोमा गौरवको अनुभुति हुनुका साथै भित्रैदेखि खुशी लागेको निश्चित रुपले शुरुवाती अवस्थामा स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव तथा कतिपयमा जोखिम नलिने मनोवृत्तिको परिणाम केही समस्या असमझदारी देखा परे पनि देशको सिंगो जनशक्ति कोरोना रोकथाम तगा नियन्त्रणमा अहोरात्र खटिरहेको

  धनगडी उप महानगरपालिकामा कार्यरत हामी स्वास्थ्यकर्मीहरु शुरुवाती दिनमा कोरोना महामारीसंग लड्न आवश्यक पर्ने ब्यवस्थापकीय काममा लाग्नु परयो धनगढीमा भएका विभिन्न क्वारेन्टिनमा राखिएका मान्छेहरुको परिक्षण तथा सीमा नाकामा भारतबाट आउने नेपालीहरुको स्वास्थ्य जांच लगायतका काममा लाग्नु परे पनि उपमहानगरपालिकाको आफनो छुट्टै आईसोलेशन नभएकोले, आईसोलेशनको अनुभव अनुभुतिको अवसर मिलेको थिएन यद्यपि मानसीक रुपले लकडाउन भएदेखि नै आईसोलेशनमा गएर बिरामी सेवा गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी थियो घर परिवारको पनि त्यसमा सहमति नै थियो श्रीमान राजनीतिमा भएका कारण कोरोना विरुद्धको लडाईमा हामीले केही केही योगदान गर्नुपर्छ भन्ने उहांको जोड रहेको हुनाले पनि मानसिक रुपले तयार हुन झन सहज पनि भयो

  आईसोलेशनमा गएर बिरामीको सेवा गर्ने अवसर नगरपालिकाले जुराई दियो धनगडी उप महानगरपालिकाले वडा नं १५ को कनरीमा अवस्थित पहिलाको जडीबुटी प्रशोधन केन्द्रको क्षेत्रीय भवनमा केही नया संरचनाहरु थपेर आइसोलेशनको निर्माण गरेको यो आईसोलेशन नेपाल सरकारको स्वीकृत मापदण्ड अनुरुप बनाईएको यहांबाट मानव बस्ती टाढा यो जंगलको बीचमा हुनुका साथै यसको पश्चिम कनरी नदी बगिरहेको यो ठाउँ प्राकृतिक रुपमा हराभरा पनि झण्डै २५ जना बिरामीलाई राख्न सक्ने यसको क्षमता तर अहिले यहां संक्रमितको संख्या १३ मात्र रहेको पहिलो चरणमा २५ जना बीरामीहरु स्वास्थ्यलाभ भएर डिस्चार्ज भईसकेका छन् स्वास्थ्यको पहिलो शर्त स्वच्छता भएकोले सरसफाईमा पूर्ण ध्यान दिईएको अभm महत्वपूर्ण कुरा प्रबिधिको सहयोगले २४ सै  घण्टा बिरामीको गतिविधिलाई हेर्न सजिलो भएको प्रविधिका कारण पुर्वको जनकपुर वा बांकेमा कोरोना संक्रमितको अवस्थाका बारेमा समयमा स्वास्थ्य जानकारी पाएर उद्धार गर्न नसक्नुको परिणाम ज्यान गुमाउनु पर्ने अवस्था छैन संक्रमितको स्वास्थ्य अवस्था चौबिसै घण्टा हाम्रो निगरानी भन्दा बाहिर छैन प्रत्येक दिन बिरामीसंग अन्तरक्रिया हुने गरेको उनीहरुका आवश्यकताका समानहरु नियमित रुपमा उपल्बध गराउन स्वास्थ्यकर्मीहरुले प्रयास गरेका छन् यस अर्थमा धनगडी उपमहानगर पालिकाको आईसोलेशन गृह अन्य ठाउ भन्दा बेग्लै अनुपम त्यसका साथै त्यहां खटिएका सबै स्वास्थ्यकर्मी उत्साहित भएर लगनका साथ काम पनि गरिरहेका छन् जसले गर्दा त्यहां आउने संक्रमितले राम्रो सेवा पाउने कुरा निश्चित

  आज कोरोनाको लडाईमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाईको काममा संलग्न कर्मचारी, पत्रकार तथा स्थानीय तहका जनप्रतिनिधी अहोरात्र खटेका छन् कैयौं कोरोनाबाट संक्रमित पनि भएका छन, अझ दुःखद कुरा स्वास्थ्यकर्मी माथि कैयौ ठाउमा सांघातिक आक्रमण पनि भएका छन् डेराबाट लखेटिएका छन् बाहय परिस्थितीको मुकाबला गरेर स्वास्थ्य सेवामा डटेका छन् समाजिक रुपमा विभेद छंदैछ  अझ त्यसमा पनि स्वास्थ्यकर्मीका कतिपय समस्यामा सरकारले पर्याप्त ध्यान दिन नसकेको  देख्दा मन कुढीएर आउछ सरकारले सार्वजनिक रुपमा नै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाईको काममा संलग्न कर्मचारीको जीवन बीमा गर्ने प्रतिबद्धता गरेको थियो तर सरकारको बजेटमा यो कुरालाई समावेश गर्ने काम भएन   सरकारले कसरी जीवन बीमा गराउने हो, त्यसबारेमा अहिलेसम्म कुनै छलफल समेत भएको सुनिएको छैन आर्थिक वर्ष सकि सक्दा पनि जोखिम भत्ता अहिलेसम्म कतिपय स्वास्थ्यकर्मीको हातमा पर्न नसक्नु पनि उदेक लाग्दो

   स्वास्थ्य क्षेत्रका समस्यालाई सरकारले अभिभावकको नजरबाट हेरेर समाधान गर्न ध्यान दिन सकेमा कोरोना विरुद्धको लडाईमा स्वास्थ्यकर्मीलाई झन हौसला प्राप्त हुन्थ्यो यो लडाईलाई जित्न सहज हुन्थ्यो भन्ने लागेको