सोमबारदेखि सुदुरपश्चिममा जिल्ला भित्र केही  समितिका गाडी मात्र  गुड्ने

सोमबारदेखि सुदुरपश्चिममा जिल्ला भित्र केही  समितिका गाडी मात्र  गुड्ने

धनगढी

   सोमबारदेखि कैलाली लगायत सुदूरपश्चिमका वटै जिल्लामा सार्वजनिक यातायात केन्द्रिय महाँसंघसंग आबद्ध सार्वजनिक बस सञ्चालन हुने भएका छन् तर नेपाल यातायात राष्ट्रिय महाँसंघसंग आवद्ध सार्वजनिक बस भने सञ्चालन हुने छैनन्

  आइतबार यातायात व्यवसायी सरकार बीच भएको वार्तापछि सार्वजनिक यातायात केन्द्रिय महाँसंघले  सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको हो भने नेपाल यातायात व्यवसयी महाँसंघले यातायात व्यवसायीलाई सरकारले थप क्षतिपूर्ति दिनुपर्ने माग राख्दै तत्काल सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो

  सार्वजनिक यातायात केन्द्रिय महाँसंघ अन्तरगत सुदूरपश्चिम प्रदेश संयोजक डिबि खलौलाले संघमा आबद्ध सुदूरपश्चिमका सवै १२ वटा यातायात प्रालिलाई सवारी चलाउन पत्र पठाइएको बताए सरकारसंग भएको छलफलपछि यातायात व्यवसायीले तिर्ने बैंक ब्याज तथा किस्ता महिनापछि तिर्न मिल्ने, यातायात क्षेत्रमा काम गर्ने व्यवसायीको कोरोना बिमा गरिदिने लगायतका सम्झौता भएका कारण आफुहरु भोलि (सोमबार ) देखि सडकमा बस गुडाउन तयार रहेको प्रदेश अध्यक्ष खलौलाले बताए

   ‘सार्वजनिक यातायात केन्द्रिय महाँसंघसंग सुदूरपश्चिमका १२ वटा यातायात प्रालि आवद्ध  छन् उनले भने  ‘हामीले सवै प्रालिलाई भोलिदेखि सडकमा बस गुडाउन पत्राचार गरेका छौं    

    सुदूरपश्चिममा सार्वजनिक यातायात महाँसंघसंग अछाममा जयमालिका यातायात प्रालि, बाजुराका दुई वटा प्रालि, कञ्चनपुरको पवनदुत यातायात प्रालि, मेनेज्मेण्ट यातायात प्रालि, नमस्ते शुक्लाफँटा यातायात प्रालि, बेलौरी यातायात प्रालि आवद्ध रहेका छन् यसैगरी कैलालीमा गुरास यातायात प्रालि, मालिका यातायात प्रालि, खप्तड मालिका यातायात प्रालि, फुलवारी यातायात प्रालि आबद्ध रहेको उनले बताए

   यता यातायात व्यवसायी राष्ट्रिय महाँसंघसंग आबद्ध सुन्दर सुदूरपश्चिम यातायात प्रालि रिभरसाईड यातायात प्रालिले भने सरकारसंग थप वार्ता हुन बाँकी रहेका कारण तत्काल बस नचलाउने जनाएको

   सुन्दर सुदूरपपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले महाँसंघबाट बस नचलाउने निर्णयको पत्र प्राप्त भएकाले बताए बैंको व्याज तथा किस्ता महिनापछि तिर्न मिल्ने गरी सरकारले व्यवस्था गरे पनि यात्रुको बीमा, यातायात क्षेत्रमा काम गर्ने मजदुरको स्वास्थ्य सुरक्षा लगायतका माग अझै पुरा हुन नसकेको भन्दै उनले ती माग पुरा नभएसम्म बस नचलाउने बताए

   रिभरसाईड यातायात प्रालिका अध्यक्ष धिरज शाहीले पनि महासंघबाट कुनै निर्णय नआएकाले तत्काल बस नचलाउने बताए मौद्रिक नीतिमा समेटेर मात्रै हाम्रा माग पुरा भएका छैनन् उनले भनेसुरक्षा बीमा लगायतको सम्झौता अझै भएको छैन, त्यसको कुरा सरकारले नै गर्नु पर्दछ, व्यवसायीले कोरोनाबाट हुने क्षतिको बीमा गर्न सक्दैन