महिला हिंसाका बारेमा

नेपालमा महिला हिंसाको विरेधमा विभिन्न प्रकारका नियम कानुन बन्नुका साथै विभिन्न प्रकारका जागरणका कार्यक्रमहरु पनि सन्चालन भएको हामी पाउछौ । विभिन्न नियम बनाइएता महिलाहरुमाथि हिंसाको ग्राफ बढी रहेको छ ।

महिला हिंसा भनेको महिलामाथि गरिने विभेद, शारिरीक तथा मानसिक रुपबाट दिइने यातना, प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्म सम्मानमा पुर्याउने सबै किसिमको आघातलाई महिला हिंसा भनिन्छ । नेपालका सन्र्दभमा कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भइरहेका छन् । अधिकांश महिलाहरु आफ्नै घर परिवेश भित्र श्रीमान्  तथा  परिवारका अन्य सदस्यबाट पिडीत छन्, जसलाई घरेलु हिंसा पनि भनिन्छ । छोरा पाउन नसकेको, दाइजो नल्याएको निहुमा महिलामाथि शारिरिक तथा मानसिक रुपबाट घरेलु हिंसा गरिने गरिएको छ । दाईजो नल्याएको विषयमा महिलाहरुमाथि यातना दिने गरिएका घटना पूर्वी तराईका जिल्लामा बढी पाईन्छ ।

देशमा दिन प्रतिदिन बलात्कार, महिला बेचबिखनका घटना सुन्नमा आउँछन   ।  महिला, बालबालिका आनै घरमा, बिद्यालयमा, सडकमा सुरित छैनन् । नेपालमा बलात्कार र यौन दुव्र्यहारका घटना निकै तिव्र गतिमा बढदैछन् । प्रमाणको सुरक्षाको जिम्मा बोकेका प्रहरीहरु नै कतिपय घटनामा प्रमाण नष्ट गर्नाका लागि सक्रिय भएको पाईएको छ । त्यसको ज्वलन्त उदाहरण हो, निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण । निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले नै प्रमाण नष्ट गर्ने भूमिका खेले । जसको परिणम प्रमाणहरु नष्ट भएका कारण निर्मला बलात्कार तथा हत्या प्रकरणका दोषीहरु सजिलै उमकिएका छन । सरकारले प्रहरी अधिकारीहरुलाई कारवाही गरे पनि वास्तविक दोषी कानुनको  दायरामा आउने सम्भावना मर्दै गैरहेको छ । निर्मलाका गरिब बुबा आमाले न्याय पाउन सकेका छैनन ।

बोक्सीका आरोपमा पनि महिलाह?लाई पीडा दिने गरिन्छ । हाम्रै कैलाली जिल्लाको घोडाघोडी नगरपालिका निवासी राधा चौधरीलाई बोक्सीको आरोपमा आठ घण्टा सम्म निर्घात रुपमा कुटपिट गरियो ।

देउकी प्रथालाई हटाइए जस्तै बोक्सी प्रथा जस्तो अन्धविश्वासलाई हटाउनु पर्छ । यसमा पनि कैयौ वर्ष हामीले संघर्ष गर्नु पर्ला । तर एक दिन यो अन्धविश्वास पनि देउकी प्रथा जस्तै हराउने छ । बोक्सी मात्र होइन छाउपडी प्रथाको नाममा पनि महिलाहरु पिडीत छन् । हरेक वर्ष सुदुरपश्मि र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा महिलाहरु महिनावारी हुदा गोठमा बस्नु पर्ने प्रचलन छ । यसरी महिनावारीको अवधिमा छाउपडी गोठमा राखिएका महिलाहरु सर्पले टोकेर, कमजोरीका कारण, अक्सिजनको मात्रा कम भएर मृत्यु भएका घटना सुन्नमा आउछ । यो पनि महिलाहरुमाथि भईरहेको एक प्रकारको हिंसा हो ।

अहिले लकडाउनको अवधिमा घरेलु हिंसा निकै तिब्र गतिमा बढेको पाइन्छ । नेपालको कानुनले महिलालाई विभेद नगरेता पनि सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पहुच पुग्न सकेको छैन । सरकारी तथा गैरसरकारी सस्ंथाले महिलामाथि हुने हिंसाका घटना न्युनीकरणका लागि गरेका अनेक प्रयासका बावजुद नेपालमा महिलामाथि हुने हिंसाका घटनामा कुनै कमी आएको छैन । चाहे त्यो घरेलु हिंसाका नाममा होस् वा बलात्कारका घटना ।