कोरोनाले बदलिदै छ संसार

  गत बर्ष पुष माघतिर चीनको बुहानका समाचारहरु सुन्दा आजको जस्तो स्थितिको परिकल्पना कमैले गरेका भए पनि चीन सरकारलाइ यसको अन्दाजा भइसकेको जस्तो लाग्थ्यो त्यसैले चीनले त्यति बेलै कोरोना नियन्त्रणमा आफ्नो पुरै शक्ति लगायो

  मानिसले प्रकृतिलाइ अति अनियन्त्रित तरिकाले दोहन गरेपछि मानिस अन्य जीवहरुको सामीप्यता बढ्यो अन्य जीवहरुमा पाइने वा अन्य जीवहरुको जीनको संयोजनबाट बन्ने कैयौ भाइरसहरु मानिसको जीवनका लागि मृत्यु कारक पनि देखिए, पर्यावरणीय असन्तुलन मानिसको ब्रह्माण्डीय खोज तथा नया नया भाइरल प्रयोगहरु मानिसको शरिरमा देखिने जीनेटीक परिवर्तनका कारण नया नया रोगहरु देखिदै जाने कुरा अवश्यम्भाबी बन्यो प्रकृतिका निर्दोष लाखौ प्राणी जीउदै खादै हिड्ने मानिसले संसार भरिदै गएपछि त्यसको सजाय सारा मानब जातिले पाउदै गयो

  भाइरोलोजीका बिज्ञ अनुसन्धानकर्ताहरुलाइ पहिले नै थाहा थियो की यस्तै कुनै नया भाइरस मानिसमा संक्रमण हुनेछ तर त्यसको स्वरुप, प्रभाव सर्ने गति यकिन थिएन कोरोना बर्गको नया भाइरस मानिसमा देखा परेपछि यसको सर्ने गति उच्च देखियो आजसम्मका अनेक अनुसन्धानबाट धेरै कुराहरु पत्ता लगाइदै छन् यसको बिरुद्ध खोप बनाउन पनि तिब्र प्रयास भइरहेको

 आज भदौको पहिलो सातासम्ममा नेपालमा कोराना संक्रमण समुदाय स्तरमा की छैन भन्ने बिषयमा मतैक्यता छैन यस बिषयमा मेरो ब्यक्तिगत बिचार चाहि के हो भने चीनले गरेको त्यस्तो कडा प्रयासका बाबजुद पनि पुर्ण नियन्त्रण गर्न त्यति कठीन भयो भने नपालमा खाली लकडाउनको नाम मात्र यस अर्थमा कोरोना भाइरस वा यस्तै अन्य भाइरसहरुको संक्रमण अहिले ब्यापक भइरहेको कुरा अस्पतालमा, निजि क्लिनिकमा गाउघरका बैद्यहरुकोमा खचाखच भरिएका बिरामीहरुको प्रकृतिको तथ्याङ्क लिएमा स्पष्ट होला

  नेपालमा कोरोना बिज्ञहरुले भाइरस संक्रमण क्लष्टर इन केसको अवस्थामा रहेको हुन सक्ने बताइरहदा क्लष्टर इन केस बाट कम्युनिटि इन केसमा पुग्नबाट रोक्नका लागि के के गरिएको ? कसरी कतिञ्जेल रोक्न सकिन्छयदि रोक्न सकिदैन भने कति ढिलो चाडो समुदायमा संक्रमण्म जान सक्छ ? यसको गहन ब्यापक अध्ययन किन भइरहेको छैन ? भएको भने के ?

  कुरा के स्पष्ट भने हामी समुदाय भरी नै अस्वस्थ छौ तर भाइरसहरु, ब्याक्टेरीयाहरु वा जीनेटीक डीसअर्डर वा अन्य कारणहरु हामीलाइ थाहा हुदैनन् नेपाल जस्तो देशमा पुर्ण रुपमा अध्ययन अनुसन्धान पनि हुदैन शंकाकै भरमा दिएको औषधिले  केही दिनमै ज्वरो निको भएमा हामी स्वस्थ्य मानिन्छौ हाम्रो देशमा यस्तो अवस्था नया चाहि होइन बर्षेनी यही हाल भइरहन्थ्यो तर यस बर्ष कोरानाको कहर बाकी बिश्व पनि कोभिड १९ बाट पिडीत त्यसैले हामी पनि सरकारको मुख ताकिरहेका छौ नत्र कर्णालीमा गाउ भरी सयौ जना मरिसके पछि पनि कुनै अज्ञात कारणबाट भन्ने समाचार आउथ्यो यस हिसाबले नेपालीले कोरानाको भयानक मातम हेर्न बाकी नै पनि हुन सक्छ

 कोराना भाइरसलाइ बैज्ञानिकहरुले पत्ता लगाए अनुसन्धानहरु भइरहेकै छन् अझै अपुर्ण नै छन् बिज्ञान आफैमा अबिच्छिन्न खोज हो तर एउटा सामान्य मानिसले भने आफुले पाएका सुचना तथ्यहरुका आधारमा एउटा बिश्वास बनाउछ यसरी अनेक मानिसका अल्प अपुर्ण ज्ञानबाट बनेका यी करोडौ बिश्वासहरुबाट बिश्व समुदाय तरंगित भइरहन्छ

  कैयौ बिद्धानहरुले भाइरोलोजीलाई कस्मोलोजिसंग मिसाएर सुर्यमा प्रत्येक ११ बर्षमा आउने परिबर्तनले पृथ्बीको प्राणी जगत प्रभाबित हुने कुरा देखाएका छन् भने अरु केही बिज्ञान इतरका बिद्धानहरु सुर्य ब्रह्माण्डमा सक्रिय कैयौ शक्तिहरुको कार्य प्रणाली पछाडी भगवान जस्तो कुनै तत्व रहेको जिकीर गर्दछन् यद्यपि काल्पनिक जस्ता लाग्ने यी कुराहरु देशहरुका बीचमा हुने राजनितिक, आर्थिक, सांस्कृतिक, द्धन्द्ध भन्दा परका कुरा हुन्   तर जे भए पनि ब्यक्तिगत रुपमा प्रत्येक मानिस आफनो बोधमय स्वरुपसंग अनभिज्ञ नै त्यसैले एउटा अज्ञात तत्व प्रति सधै उत्सुक समर्पित रहिरहन्छ

 केही धर्मभीरुका अनुसार हिन्दु धर्मका आराध्य मानिने शिबको निबास मानिने कैलाश आजको चीनको भौगोलिक क्षेत्रमा पर्दछ यो क्षेत्र पुरातात्विक उत्खननका लागि बन्द मानिन्छ तर सम्पुर्ण बिश्वलाइ नेतृत्व दिने तिब्र महत्वाकांक्षा राखेको चीनले बैज्ञानिक पराभौतिक प्रयोगका क्रममा कैलाशको क्षेत्रमा गोप्य रुपमा पुरातात्विक खोज गरेको नहोला भन्न सकिन्न, चलचित्र प्रमीथियसले कल्पना गरेको प्रोजेक्टलाइ कैलाश क्षेत्रमा साच्चीकै लगाइएको भए सुर्य ब्रह्माण्डीय शक्तिसंग जोडिएको मान्न सकिने कैलाशमा भएको छेडखानीले दुनियामा सम्पुर्ण सन्तुलन बिग्रन सक्छ कल्पना गरौ यदि भबिष्यमा पनि यस्तो भयो भने मानव जगतको भयाबह अवस्था आउन सक्छ

  बैज्ञानिकहरुका अनुसार यो पृथ्वी करौडौ बर्षदेखि सुर्यको कारण नै जीवन योग्य बन्दै आयो यस क्रममा जीवनका अनेकौ प्रजातिहरु बदलीए, अनेकौ भाइरसहरु देखिए, बिलाए, अझै कति देखिन्छन् बिज्ञानको खोजले जीवनको गतीलाइ तिब्रतर बनाउदै ल्याएको बैज्ञानिकहरुले भाइरसहरुका उत्पत्ति, बिकास, प्रसार , प्रभाव तिनको बिनासका बारेमा जति खोज गर्दैछन्, त्यति अपुर्ण छन् भबिश्यमा मानब बुद्धिले बनाएको अर्को कृतिम रोबोटीक बुद्धिले संसार संचालित भयो भने कुनै भाइरसबाट मानवको यो नश्ल बिनाश गराइ उन्नत नया नश्ल पैदा पनि हुन सक्छ एउटा छुट्टै प्राणी जगत भएको पृथ्बी रहन सक्छ त्यतिबेला यो ब्रह्माण्डको इतिहासमा आजको भाइरसको पनि केही केही देन अबश्य हुनेछ

 अब लगभग यो चाहि पक्का हुदैछ की नया नया भाइरसहरुको मानवीय संक्रमण यस दुनियाबाट अन्त गर्न असम्भब हुनेछ, यसैले अन्य फ्लुका भाइरस जस्तै नोबल कोरोनालाइ पनि आत्मसात गर्नुको बिकल्प छैन यदि यसले पनि आफ्नो स्वरुप परिबर्तन गर्दै जान थालेपछि भने यसको खोप बनाएर सधैका लागि यसको अन्त गर्न झनै सम्भब हुने छैन यो दुनियामा रुघाखोकी जस्तै यो कोबीड १९ पनि हाम्रो बेला बखतको साथी भइरहनेछ यसका बिरुद्ध हाम्रो शरीरले चाडो तयारी गर्ने बन्दै गएपछि सम्भबत यो भाइरसको संक्रमण दर बढे पनि यस्को सांघातिकता धेरै कम हुनेछ यसबाट कसैको मृत्यु हुने छैन

  बिश्वका सर्बाधिक शक्तिशाली धनि भनिएका देशहरु पनि पराजित जस्तै भएको यस अबस्थामा गरीब देशहरुको स्थिति झन कठीन भए पनि उनीहरुलाइ परिस्थिती संगै हिंडन सजिलो किनकी शक्तिको मादकता भएकालाइ पराजय स्वीकार्न अत्यन्त पीडादायी लामो समय लाग्छ तर कमजोरहरु पराजयसंगै जीबनलाई सजिलो बनाउन चाडै सिक्छन् नेपाल जस्ता देशहरुले अब भाइरससंग लड्ने होइन, बरु यसलाई आत्मसात गरी हिड्ने हो, सरकारहरुले जन आकांक्षा अनुसार मानिसहरुले भोगेको मानसिक पिडालाइ कम गर्ने, गास बास कपासको ब्यबस्था गर्ने  शिक्षा स्वास्थ्यलाइ युग अनुसार परिबर्तन गर्ने सुबर्ण मौकाका रुपामा यो समयलाइ लिनु पर्दछ