पहिरोले घर पुरिदा बाबु छोराको मृत्यु

दार्चुला, १५ असार 

  दार्चुलामा आइतबार राति पहिरोले घर पुरिदा बाबु र छोरा गरि २ जनाको मृत्यु भएको छ । पहिरोले तीन घरमा क्षति पु्गेको छ ।  नौगाड गाउँपालिका ४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको पहिरोमा पुरिएर ज्यान गएको  नौगाड प्रहरी चौकीले जनाएको छ ।

   नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दका अनुुसार राती करिब १२ बजेतिर घरमाथि रहेको होपरी लघु जलबिद्युतको नहर भत्किदा गाउँमा पानी पसेर पहिरो गएको हो ।

   पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते भएकी छन् । चनमतीलाई उपचारको लागि गोकुलेश्वर लैजाने तयारी भैरहेको चन्दले बताए ।

   पहिरोका कारण चन्द्र महता, गमुवा महता र अमर महताको घरमा क्षति पुगेको छ । पहिरोले बाख्रा छ वटा र गाई २ वटा मरेका छन् ।