नेपाल –भारत सीमाको २०७ नंम्बर पिल्लर ढल्यो

कञ्चनपुर

   कञ्चनपुरमा रहेको नेपालभारत सीमा स्तम्भ ढलेको भेटिएको छ । कंचनपुरको बेलौरी नगरपालिका२ बैजुडाँडा स्थित नेपालभारत सीमा स्तम्भ नम्बर २०७ ढलेको अवस्थामा फेला परेको हो ।

   ‘सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने– ‘जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको छ ।

  बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए ।

 सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमा स्तम्भ मर्मत कार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए ।