धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024
जनशक्ति र भौतिक संरचना अभाव

सेवा सुधारमा फड्को मार्दै प्रादेशिक अस्पताल

सुवा नपाएर विरामीले बाहीर जानुपर्ने अवस्था छैन : कमर

सेवा सुधारमा फड्को मार्दै प्रादेशिक अस्पताल

धनगढी सुदूरपशिचम प्रदेशको एक मात्र रेफरल अस्पताल रहेको सेति प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको

विरामीको सेवालाई थप प्रभावकारी बनाउन सेति अस्पतालमा पछिल्लो पटक अक्सिजन प्लान्ट सञ्चालनमा आएको एनआरएनको सहयोगमा जडान भएको अक्सिजन प्लान्ट सञ्चालन पछि अव अस्पतालमा अक्सिजनका कारण विरामीलाई समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमर बताउँछन् कोरोनाको समयमा सेति अस्पतालमै अक्सिन नहुँदा धेरै विरामीले ज्यान गुमाउनु परेको थियो, मेसु कमरले भने, ‘स्वास्थ्यकर्मी विरामी पर्दा समेत अक्सिजन नपाएर समस्यामा परे, अव त्यो समस्या हटेको , अक्सिजन प्लान्ट जडान पछि अव अक्सिजनको समस्या हुने छैन

अस्पतालमा हाल सिटी स्क्यान सेवापनि सञ्चालनमा रहेको सीटिस्क्यान सेवा नहुँदा विरामीलाई बाहीर पठाउनुपर्ने बाध्यता रहेको थियो, कमरले भने, ‘त्यो समस्यापनि समाधान भइसकेको , अहिले दैनिक २०२२ जनाको सिटी स्क्यान भइरहेको

मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरका अनुसार सेती प्रादेशिक अस्पतालमा अहिले एमआरआई मेसिन पनि जडान भइसकेको परिक्षणको चरणमा रहेको एमआरआई सेवा हालका लागि निशुल्क गरिएको अस्पतालको आन्तरिक श्रोतबाट दुईजना रेडियोग्राफरको व्यवस्थापन गरेर एमआरआईसेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरेको एमआरआई सेवा हाम्रालागि अतिआवश्यक रहेको थियो, मेडिकल सुपरिटेन्डेन्ट कमरले भने, ‘अव त्यो समस्या पनि लगभग समाधान हुँदैछ, विरामीले यसपछि सेवा नपाएर बाहिर जानुपर्ने अवस्था आउने छैन

अस्पतालले सेवा प्रवाहसम्बन्धि सुझाव संकलनका लागि क्युआर कोड स्क्यानको व्यवस्था गरेको । अस्पतालले सो सेवा बुधबारबाट सुरु गरेको हो सेवा प्रवाह सम्बन्धि सुझाव,गुनासा भए उक्त कोड मार्फत सकरात्मक सुझाव दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहनिर्मलले बताए क्यूआर स्क्यान गर्दा सेवा सम्बन्धि फर्मेट आउने सजिलै सुझाव दिन सकिने उनले बताए

नागरिकले सुझाव पेटिका मार्फत सुझाव दिँदा कार्यालय मै आउनु पर्ने हुन्थ्यो, उनले भने, ‘त्यो झन्झटिलो हुन्थ्यो, अब सुझाव सल्लाह दिनुहुनेले जहाँबाट पनि क्युआर मार्फत सझाव दिन सक्नु हुन्छ

नागरिकबाट आएका सुझाव सल्लाहलाई लिएर हामी योजना बनाउँदै जान्छौँ उनले भने,‘क्युआर कोड मार्फत सकरात्मक सुझाव आउने अपेक्षा गरेका छौँ जसले गर्दा हामीलाई सेवा सुधारका लागि योजना बनाउन सहज हुनेछ

सेती अस्पतालले सरसफाईमा विशेष ध्यान दिने गरेको उनले बताए अस्पताल दुर्गन्धित बन्यो, बस्नै नसकिने अवस्था भयो भन्ने गुनासो अहिले आएको छैन, अध्यक्ष शाहले भने, ‘हामीले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छौं

जनशक्ति भौतिक संरचना अभाव

नेपाल सरकारबाट ५० प्रदेश सरकारबाट ७५ गरी एक सय २५ शय्याको मात्रै अनुमति पाएर सञ्चालन भइरहेको सेति प्रादेशिक अस्पतालले विरामीको चापलाई मध्यजनर गर्दै करिव तीन सय वेड बराबरको सेवा सञ्चालन गरिरहेको

तर अस्पतालमा ५० शय्याका लागि पनि स्वास्थ्यकर्मी सरकारले उपलब्ध गराएको छैन   सरकारको स्वीकृतिबिना ३०२ शय्या क्षमतामा अहिले सेती प्रादेशिक अस्पताल सञ्चालन भइरहेको आर्थिक वर्ष २०७९/८० मा यो अस्पतालले दुई लाख ३५ हजार तीन सय१८ बरामीको ओपिडी उपचार गरेको

सीमित जनशक्ति स्रोत साधनबाट १४ वटा विभाग सञ्चालनमा छन् सर्जरी विभाग अन्तर्गत युरो न्युरोसहित जनरल सर्जरी गरिन्छ मेडिसिन÷कार्डियो विभाग, बालरोग विभाग, हाडजोर्नी विभाग, प्रसूति विभाग, छालारोग विभाग सञ्चालनमा रहेका छन्

त्यस्तै एनेस्थेसिया, नाक, कान, घाँटी विभाग, दन्त रोग विभाग, आकस्मिक विभाग, रेडियोलोजी विभाग, फिरेन्सिक विभाग, प्याथोलोजी मानसिक रोग विभागबाट नियमित बिरामीको उपचार भइरहेको उनले बताए शल्यक्रिया गर्न एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने रोगको निदान गर्न रेडियोलोजिस्ट आवश्यक भए पनि दुई/दुई जना रेडियोलोजिस्ट एनेस्थेसियोलोजिस्ट मात्रै कार्यरत छन् रेडियोलोजिस्ट एनेस्थेसियोलोजिस्टको विज्ञापन गर्दा पनि निवेदनसम्म नपरेको अस्पतालले जनाएको

स्थायी, करार ज्यालादारी अस्पताल विकास समितिले नियुक्त गरेका सहित तीन सय ६७ जना जनशक्ति कार्यरत छन् अस्पतालमा तीन सय शय्या सञ्चालन गर्न सय ७० जना जनशक्ति आवश्यक रहेको निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. कमरले बताए

दैनिक ४० देखि ४५ जना बिरामीको डायलासिस हुने गरेको जनशक्ति संगै भौतिक संरचनाको अभाव सेती प्रादेशिक अस्पतालको प्रमुख चुनौती रहेको निर्माणाधीन नयाँ भवन हस्तान्तरण भए सेवा सञ्चालनमा अलि सहज हुने थियो, मेडिकल सुपरिटेन्डेन्ट डा. कमरले भने, ‘तर अहिले भौतिक संरचनाको अभाव हाम्रालागि ठुलो चुनौति पाँच वर्षदेखि निर्माणाधीन भवनको काम पूरा नहुँदा सेवा विस्तार गर्न समस्या परेको अस्पताल विकास समतिका अध्यक्ष नरबहादुर शाहले बताए

प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरे पनि व्यवस्थापन सर्वेक्षण -ओएनएम_ सम्म भएको छैन सेति प्रादेशिक अस्पतालले ओएनएमको आका नै तयार पारेको भएपनि मन्त्रालयले आवश्यक बजेट नभएको भन्दै अस्पतालको स्तर उन्नतीका लागि ओएनएम गर्न सकेको छैन