धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

सुदूरपश्चिम प्रदेश प्रमुखको निर्णय बिरुद्ध नागरिक उन्मुक्ति  अदालत जाने

‘मुख्यमन्त्रीमा हाम्रो दाबी पुग्छ । हामीसँग काँग्रेसका १८, नागकिर उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ गरी ३० जनाको समर्थन थियो तर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएन’ लक्ष्मणकिशोरले भने । ‘प्रदेश प्रमुखले संविधानको उलंघन गर्नु भयो ।’

सुदूरपश्चिम प्रदेश प्रमुखको निर्णय बिरुद्ध नागरिक उन्मुक्ति  अदालत जाने

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी अदालत जाने भएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले  उन्मुक्तिका पाँच सांसद सहित धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख मियाँले मंगलबार संविधानको धारा १६८ दुई अनुसार सरकार गठनका लागि दुई दिनको समय दिएर पुनः आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरे लगत्तै कांग्रेस र नाउपाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्णय सच्याउनुपर्ने माग गरेका छन् ।

मुख्यमन्त्रीमा हाम्रो दाबी पुग्छ । हामीसँग काँग्रेसका १८, नागकिर उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ गरी ३० जनाको समर्थन थियो तर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएन’ लक्ष्मणकिशोरले भने । ‘प्रदेश प्रमुखले संविधानको उलंघन गर्नु भयो ।’

लक्ष्मणकिशोरले मंगलबार प्रदेश प्रमुखलाई भेटेर पनि दुुबै दाबी खारेजीको निर्णण सच्चाउन माग गरेको बताए । ‘मैले प्रदेश प्रमुख ज्युलाई भेटेरै दाबी खारेजको निर्णय सच्चाउन भने, तर उहाँ मान्नुुभएन । मेरो सबै डकुमेन्टहरु पुुगेको छ । तर पनि म मुख्यमन्त्रीमा नियुक्त भएन । मैले बुझाएको  सबै डकुमेन्टको प्रतिलिपि प्रदेश प्रमुखको कार्यालयबाट लिई सकेको छ, अब सर्वोच्च जान्छु’ लक्ष्मण किशोरले भने ।

कामचलाउ सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले चालेका कदम सच्याउनुपर्ने अन्यथा कडा रूपमा अघि बढ्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी, रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए । कैलाशले एमाले र माओवादी केन्द्रको समर्थनमा दाबी पेश गरेका थिए । दावी पेश गर्दा लक्ष्मणकिशोर चौधरीको पक्षमा स्पष्ट वहुमत भएको उक्त पक्षको दावी छ ।

तर, केन्द्रमा सत्ता गठबन्धनबीच मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएपछि मंगलबार एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई गरेको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।