धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

देशभर थप १३५९ जनामा कोरोना पुष्टि

देशभर थप १३५९ जनामा कोरोना पुष्टि

धनगढी

  देशभर शुक्रबार थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेको छ । क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

 यस्तै काठमाडौँ उपत्यकामा ४  सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।