धनगढी पोष्ट शुक्रबार, ३० साउन २०८३   August 14, 2026

गाउँघरमै स्कृनिङ हुनथालेपछि पाठेघरको क्यान्सर हुनबाट जोगिदै धनगढीका महिला

गाउँघरमै स्कृनिङ हुनथालेपछि पाठेघरको क्यान्सर हुनबाट जोगिदै धनगढीका महिला

धनगढी । धनगढी उप महानगरपालिकाले गाउँघरमै पाठेघर र स्तन क्यान्सरको स्कृनिङ तथा आंङ खस्ने समस्याको परिक्षण गर्न थालेपछि यहाँका धेरै महिला महिला पाठेघरको क्यान्सरबाट जोगिन थालेका छन् ।

आर्थिक बर्ष २०८०÷०८१ देखि धनगढीमा नियमित रुपमा पाठेघरको मुखको क्यान्स र आंङ खस्ने समस्याको स्कृनिङ हुदैआएको छ । जसका कारण यहाँका सायौं महिलाले समयमै उपचार गरेर आफुलाई सुरक्षित राख्न सकेको स्वास्थ्य शाखा अधिकृत गिता रिजाल भट्टले बताइ । उनका अनुसार उप महानगरपालिकाले गाउँ घरमै पाठेघरको मुखमा हुने क्यान्सर र आंक खस्ने रोगको उपचार गर्ने गरेको छ ।

पहिलो चरणमा एचपिपि डिएनए विधिबाट क्यान्सरको स्कृनिङ गर्ने गरेको भट्टले बताइन् । सो प्रबिधिबाट स्कृनिङ गर्दा पोजेटिभ देखिएका महिलाको भीआइए बिधिबाट पुनः दोश्रो चरणको परिक्षण गर्ने गरेको उनले बताइन् । ‘सवै महिलामा पोजेटिभ हुदैन, भट्टले भनिन्, ‘जसको एचपिपि डिएनए विधिबाट परिक्षण गर्दा पोजेटिभ नतिजा आउँछ, उसको भीआइए प्रबिधिको प्रयोग गरेर पुनः स्वास्थ्य परिक्षण गरिन्छ, त्यसरी परिक्षण गरेका महिलामा पनि पोजेटिभ हुन्छ भन्ने हुदैन, एक÷दुई जनमा पोजेटिभ देखिने गरेको छ, उनिहरुको पहिलो चरणमा अवस्था हेरेर यतै उपचार गर्ने वा बाहिर पठाउने भन्ने निक्र्यौल गर्ने गरिन्छ ।’

भट्टका अनुसार गत आर्थिक बर्ष २०८२÷८३ को अवधिमा धनगढीका विभिन्न ११ वटा स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । ती शिविरमा दुई हजार तीन सय २१ जना महिलाको पाठेघरको एचपिभि डिएनए विधिबाट स्कृनिङ गरिएको उनले बताइन् । भट्टका अनुसार त्यसरी उपचार परिक्षण गरिएइका महिला मध्य २ सय ३३ जनाका क्यान्सर पोजेटिभ देखिएको थियो । एचपिभि डिएनए पोजेटिभ देखिएका महिलाको भीआइए विधिबाट परिक्षण गर्दा २ जनामा क्यान्सरको प्रारम्भिक चरण रहेको पुष्टि भएको भट्टले बताइन् । ती महिलाको थर्माकोगुलेसन विधिबाट सेकाई गरेर उपचार गर्ने प्रकृया जारी रहेको छ । भट्टका अनुसार क्यान्सरको संक्रमण २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र त्यस भन्दा माथी रहेको एकिन गर्ने गरिन्छ । ७५ प्रतिशत सम्म संक्रमण भए थर्माेकोगुलेसन विधिबाट सेकाई गरेर धनगढीमै उपचार गर्ने गरिएको छ । तर ५७ प्रतिशत भन्दा बढी संक्रमण पुष्टि भएमा त्यसता महिलालाई थप उपचारका लागि सम्बन्धीत अस्पतालमा पठाउने गरिएको छ ।

क्यान्सर संक्रमण पुष्टि भएका अधिकांस महिलाको धनगढीमै उपचार सम्भव हुने गरेको छ, धनगढी उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले भने, ‘केही महिलामा बढी संक्रमण भएको पुष्टि भएमा मात्रै उनिहरुलाई सम्बन्धीत अस्पताल जान सुझाव दिने गरेका छौं, उनिहरु शुशील कोइराला परखर अस्पताल बाँके, चितवन क्यान्सर अस्पताल वा देशका अन्य अस्पतालमा जाने गरेका छन् ।’ हाल सम्म क्यान्सर भएका अधिकांस महिला उपचार पछि निको भएर सामान्य अवस्थामा फर्किसकेका छन् । केही महिलाको भने अहलिे पनि उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । अवस्थीका अनुसार क्यान्सर संक्राण भएका विरामीको धनगढी उप महानगरपालिकाले तीन बर्ष सम्म निरन्तर निग्रानी गर्ने र उचित स्वास्थ्य सल्लाह समेत दिंदै आएको छ ।

धनगढी उप महानगरपालिकाको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा भिआईए विधिबाट दुई हजार ९७ महिला तथा एचपिभि ६ सय  गरि जम्मा दुई हजार ६ सय ९७ सय जनाको पाठेघरको स्कृनिङ गरिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा भिआईए विधिबाट एक हजार ९ सय ३७ तथा एचपिभि विधिबाट ८ सय १९ गरि दुई हजार ७ सय ५६ जनाको पाठेघरको क्यान्सरको स्कृनिङ गरिएको थियो । ती मध्य ४५ जनामा पोजेटिभ लक्ष्यण देखिएपछि थप परिक्षण गर्दा २ जनामा क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि सम्बन्धीत अस्पतालमा रेफर गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार महिलाको पाठेघरको क्यान्सरको स्कृनिङ गर्दा स्तन क्यान्सरको परिक्षण, आंङ खस्ने समस्या र  बच्चादानीको फिस्टुलाको समेत परिक्षण गर्ने गरिएको छ ।