धनगढी पोष्ट बुधबार, १३ कार्तिक २०८३   October 28, 2026

अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडी बस्ने अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

अरिंगालको टोकाइबाट घाइते भएका जोशीको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।