धनगढी पोष्ट
सोमबार, २० असोज २०८३ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दिर्घबहादु्र सोडारीका छोरा जबरजस्तिकरणी मुद्धामा पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने बबी सोडारीलाई एक युवतीले दिएको जबरजस्तीकरणी उद्योग मुद्दामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार सोडारीविरूद्व धनगढीकै एक युवतीले एक वर्षअघि जबरजस्तीकरणी उद्योग शिर्षकमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । उनी यो बीचमा प्रहरीको फरार सूचीमा थिए । धनगढी घरमा आएका बेला प्रहरीले पक्राउ गरेको हो । सोडारी सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा भएको प्रहरीले जनाएको छ । यसअघि राजनीतिक दबाबमा प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पीडित भनिएकी युवती एक वर्षदेखि प्रहरीमा धाएको धाए थिइन् ।