धनगढी पोष्ट सोमबार, ३० भदौ २०८३   September 14, 2026

धनगढीमा अटो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

धनगढीमा अटो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

धनगढी । धनगढीमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसहित दुईजना घाइते भएका थिए । आइतबार दिउँसो करिब ४ बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा बाटो क्रस गर्ने क्रममा अटोले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

धनगढी–२ आदर्श टोल बस्ने १८ वर्षीय अंकित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ बस्ने २२ वर्षीय दिनेश थापा घाइते भएका छन् । उनको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार नामथर र वतन नखुलेका अन्दाजी १८–२० वर्षीय युवकको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई चालक थापासँगै उपचारका लागि मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।