धनगढी पोष्ट
शुक्रबार, १९ भदौ २०७७ मा प्रकाशित
काठमाडौँ
पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।
खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको खतिवडाको सचिवालयले जानकारी दिएको छ । यसअघि उनले अर्थ मन्त्रालयमा विदाइ कार्यक्रम आयोजना गरेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि उनले बिदा मागेका थिए ।
यसअघि शुक्रबारको मन्त्रिपरिषद्मा पनि उनले मन्त्रीहरु र प्रधानमन्त्रीलाई आफ्नो कार्यावधिका लागि धन्यवाद दिएका थिए । नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन् ।