धनगढी पोष्ट सोमबार, ०९ भदौ २०८३   August 24, 2026

सुदूरपश्चिमको स्थायी राजधानी निर्माणगर्न माग

सुदूरपश्चिमको स्थायी राजधानी निर्माणगर्न माग

अत्तरिया । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणसहितका माग राख्दै सुदूरपश्चिमको नवगठित सरकारलाई ज्ञापन पत्र बुझाईएको छ । नेकपा एमाले कैलाली क्षेत्र नं. ४ समन्वय कमिटिले प्रदेशको घोषित क्षेत्रमा राजधानी निर्माण गर्ने लगायतका विभिन्न मागहरु राख्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

समन्वय कमिटिका संयोजक गणेश जिमि साउँदले प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, सामाजिक विकास मन्त्री सन्तोष कुमारी शर्मा (थापा), आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ल तथा कृषि मन्त्री दमन बहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सभाको २०७५ असोज १२ गतेको बैठकबाट दुई तिहाई भन्दा बढी बहुमतले घोषणा गरेको कैलालीको गोदावरी नगरपालिका– २ र ४ तेघरी क्षेत्रमा अझै सम्म राजधानी निर्माणको प्रकृया सुरु नहुनु प्रदेशबासीहरुका लागि चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।