धनगढी पोष्ट आइतबार, ०८ भदौ २०८३   August 23, 2026
नेकपाले थप्यो ३ मन्त्री र २ राज्यमन्त्री

सुदूरपश्चिमको मन्त्रीपरिषद्ले पायो पूर्णता

सुदूरपश्चिमको मन्त्रीपरिषद्ले पायो पूर्णता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार राती तीन मन्त्री र दुई राज्य मन्त्रीको सपथ संगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।

मुख्यमन्त्री भट्टले शुक्रबार नै नेकपाबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।