धनगढी पोष्ट
आइतबार, २१ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा पछिल्लो २४ घण्टाको अवधीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका ३ वटा कोरोना परिक्षण प्रयोगशालामा ७ सय ५३ जनको स्वाव परिक्षण गरिएकोमा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।
आइतबार डोटी अस्पतालमा गरिएको १ सय १ जनाको स्वाव परिक्षणमा अछामको तुर्माखाद गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
यसै गरी डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको २ सय ८१ स्वाव परिक्षणमा बझाङको बुंङ्गलका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका २ गरी १२ जनामा कोरेना संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए ।
आइतबार नै सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ३ सय ७१ स्वाव परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण प्रष्टि हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २ महिला र दुई पुरुष गरी ४ जना, कृष्णपुर नगरपालिकाका १ पुरुष, कैलालीको टिकापुर नगरपालिकाका, धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाका १/१ जनामा रहेका छन् ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना सुंक्रमण पुष्टि हुने संक्रमितको कुल संख्या ६ हजार ४९ रहेको छ, भने ५ हजार १ सय ९८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।
हाल सम्म सुदूरपश्चिममा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । आइतबार थपिएका संक्रमित संगै सुदूरपश्चिमका ९ वटै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ४० पुगेको छ ।