धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा संक्रमितको कुल संख्या ६ हजार ३९ पुग्यो, कुन जिल्लामा कति ?

सुदूरपश्चिममा संक्रमितको कुल संख्या ६ हजार ३९ पुग्यो, कुन जिल्लामा कति ?

धनगढी,

 आइतबार सुदूरपश्चिममा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै सुदूरपपिश्चम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६ हजार नाघेको छ ।

 प्रदेशका ३ वटा कोरोना परिक्षण प्रयोगशालामा गरिएको ७ सय ५३ जनाको स्वाव परिक्षण गरिएकोमा शनिबार सेती अस्पतालबाट ८ जना, डडेल्धुरा अस्पतालबाट १२ र डोटी अस्पतालबाट ११ जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यो सुंगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको जम्मा संख्या ६ हजार ३९ पुगेको छ ।

 सुदूरपपिश्चम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा हाल सम्म सवै भन्दा बढी सक्रमित कैलाली जिल्लामा रहेका छन् । जिल्लामा हाल सम्म १ हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ७८ सक्रिय संक्रमित छन् ।

 यसै गरी डोटीमा ९ सय ५५ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमित ६३, अछाममा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएकोमा संक्रिय संक्रमित ८५, कञ्चनपुरका ६ सय ९५ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या ४९ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

 निर्देशनालयका अनुसार बाजुरामा ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रिय संक्रमित ८ जना छन । बझाङका ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ ।

 यस्तै बैतडीमा ३ सय १८ जनामा संक्रमण पष्टि भएकामा सक्रिय संक्रमितको संख्या ५६, डडेल्धुराका ३ सय २१ संक्रमित मध्य २२ जना सक्रिय संक्रमित रहेका छन् भने दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएकोमा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका मध्य ५ हजा २ सय ४१ जना डिस्चार्ज भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।